back
CTIZAN AD

मिडिया विधेयक फिर्ता नभए सशक्त आन्दोलन गर्ने नेता वैद्यको चेतावनी

वि.सं.२०७६ जेठ ४ शनिवार

780 

shares

४ जेठ, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सरकारको कामगर्ने शैली ठिक नभएको बताएका छन् ।
सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयकको विरोधका लागि ऐक्यबद्धता जनाऊन आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा उनले जनतालाई झुक्याउन सरकार समाजवादतर्फ उन्मुख भएको आरोप लगाए । नेता वैद्यले लेखेकै भरमा पत्रकारलाई थुनछेक गर्ने, जेल हाल्ने र अभिव्यक्ति स्वतन्त्रतालाई अङ्कुश लगाउन दर्ता गरिएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले लोकतान्त्रिक व्यवस्थामा प्रेसलाई स्वतन्त्र हुनबाट अङ्कुश लगाउने कार्य निरङ्कुश भएको बताउनुभयो । उहाँले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता नभए पत्रकारको आन्दोलनमा आफ्नो पार्टी सहभागी हुने धारणा राखे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा सुरेश आचार्य, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, जनपत्रकार मञ्चका अध्यक्ष प्रकाश डुम्रे, समाजवादी पार्टीका केन्द्रीय सदस्य भगवती सुवेदी, कानून व्यवसायी सुनिल रञ्जन सिंह, एकराज भण्डारीलगायतले संसद्मा दर्ता भएको मिडिया काउन्सिल विधेयक फिर्ता लिनुपर्ने बताए । कार्यक्रममा हालै जेलमुत्त भएका पक्रकार जितेन्द्र महर्जनलाई सम्मान गरिएको थियो । त्रान्तिकारी पत्रकार महासङ्घ, प्रगतिशील पत्रकार सङ्घ, नेपाल जनपत्रकार सङ्गठन, नेपाल प्रेस सोसाइटी र मधेशी पत्रकार मञ्च, नेफालको संयुक्त आयोजनामा सो अन्तत्र्रिया कार्यक्रम गरिएको थियो ।

वि.सं.२०७६ जेठ ४ शनिवार २०:०४ मा प्रकाशित

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

उद्धव थापालाई पदमुक्त गर्न उजुरीसहित प्रमुख सचेतक तामाङले प्रदेशसभा सचिवालय बुझाइन पत्र

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की बागमती प्रदेश प्रमुख सचेतक...

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

संवेदनशील विषयमा बयान र खानतलासीको भिडियो सार्वजनिक गर्न तत्काल रोक लगाउन पूर्वउपप्रधानमन्त्री श्रेष्ठको आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले...

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

मुख्यमन्त्री थापालाई विश्वासको मत दिने–नदिने विषयमा राप्रपामा फरक–फरक ह्विप, ‘फ्लोर क्रस’को सम्भावना

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत दिने–नदिने...