back
CTIZAN AD

अष्ट्रेलिया निर्वाचन : सत्ताधारी दलको ‘अनपेक्षित कमजोर नतिजा’

वि.सं.२०७६ जेठ ४ शनिवार

639 

shares

४ जेठ, सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियामा शनिबार सम्पन्न निर्वाचनमा सत्ताधारी कन्जर्भेटिभ पार्टीलाई अनपेक्षित निर्वाचन परिणाम आउने देखिएको यहाँको राष्ट्रिय टेलिभिजनले जनाएको छ ।

एबीसी टेलिभिजनका अनुसार वर्तमान दलले पुनः सत्ताको बागडोर सम्हाल्ने अवस्थासमेत गुमाउनसक्ने देखिएको छ । आगामी सरकार प्रधानमन्त्री स्कट मोरिसनको गठबन्धनको पक्षमा जाने तर उक्त गठबन्धनलाई पनि बहुमत प्राप्त हुनेछ वा अल्पमतको सरकारको बनाउने अवस्था आउनेछ भनिहाल्न मिल्ने नदेखिएको एबीसीले राजनीतिक विष्लेशकहरूलाई उद्धृत गरी उल्लेख गरेको छ । मतदान सकिएसँगै शुरु भएको मतगणनाका कतिपय स्थानका परिणामहरू सार्वजनिक भएका छन् भने कतिपय स्थानमा मतगणना जारी रहेको छ ।

पूर्व प्रधानमन्त्री अबोट पराजित यसैबीच सिड्नीको वारिङगा निर्वाचन क्षेत्रबाट संसद सदस्यका लागि उम्मेदवारी दिएका लिबरल पार्टीका नेता तथा सन् २००९ देखि सन् २०१५ सम्म सरकारको नेतृत्वमा रहेका पूर्व प्रधानमन्त्री टोनी अबोट यस निर्वाचनमा पराजित भएका छन् ।

अष्ट्रेलियाको पूर्व विदेशमन्त्री जुलिया बिशपले अबोटको पराजयको पुष्टि गर्दे नतिजाप्रति दुःख व्यक्त गर्दै भनेका छन्, “मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका अबोटको पराजयबाट म निकै दुःखी बनेको छु ।” पूर्व प्रधानमन्त्री अबोटको समलिङ्गी विवाह र जलवायु परिवर्तनबारेको विचार जनताबाट अनुमोदन हुन नसकेको उनले बताए ।

यस बर्षको निर्वाचनमा एक करोड ६० लाख मतदाता मतदानका लागि योग्य ठहरिएका अष्ट्रेलियाली निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ । स्थानीय समय अनुसार शनिबार विहान ८ बजे निर्वाचन शुरू भै साँझ ६ बजेसम्म मतदान भएका थियो । निर्वाचन आयोगले शुक्रबार राति दिएको जानकारी अनुसार शनिबार पहिले विभिन्न देशमा रहेका करिब ४७ लाख ६० हजार अष्ट्रेलियालीले मतदानमा भाग लिएका थिए । यो सङ्ख्या सन् २०१६ को मा ३२ लाख रहेको थियो ।

वि.सं.२०७६ जेठ ४ शनिवार २०:०९ मा प्रकाशित

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...