back
CTIZAN AD

नाइजेरियामा अपहरणका घटनामा बृद्धि, तीन महिनामा ६८१ घटना

वि.सं.२०७६ जेठ ४ शनिवार

597 

shares

 ४ जेठ, लागोस ।  नाइजेरियामा फिरौती रकमका लागि अपहरणका घटनामा बृद्धि भएका छन् ।

नाइजेरियाको उत्तर पश्चिमी राजमार्गमा ट्याक्सी चलाउने एकजना ट्याक्सी चालक अमिनु मागामीलाई गत फेब्रुअरी महिनामा सडकमा कम्तीमा २० जना बन्दुकधारीले रोके । उनीहरुले आकासतर्फ फर्काएर बन्दुक पड्काए र मागामीको ट्याक्सी रोके । मैले मेरो ट्याक्सी रोकेँ र उनीहरुका अगाडि हात ठडाएर आत्मसमर्पण गरेँ, उनले भनेका छन् ।

उनलाई उनको छिमेकी नगर जामफारामा लगेर थुनेर राखियो । त्यसपछि उनीहरुले उनको परिवारसँग फिरौती रकमको माग गरे । उनी भन्छन, उनलाई नराम्रोसँग यातना दिइयो र करिब एक महिनासम्म थुनेर राखियो । उत्तरपश्चिमी नाइजेरियाको उनको नगरमा यसै वर्ष अर्थात् सन् २०१९ को पहिलो तीन महिनामा मात्र कम्तीमा पनि २०३ ओटा अपराधका घटना भएका छन् । तीमध्ये २८१ जनालाई फिरौतीका लागि नै अपहरण गरिएको थियो ।

उक्त नगरका प्रहरी प्रमुख मोहम्मद आदमुले भने, यस नगरमा पछिल्लो समयमा हिंसाका घटनामा बृद्धि भएका र त्यसमा पनि अपहरणका घटनामा बृद्धि भएका छन् ।

यस वर्षको शुरुको तीन महिनामा मात्र देशभरि अपहरणका घटनामात्र कम्तीमा पनि ६८१ ओटा भएका छन् ।

ती अपहरणका घटनाहरु सबै फिरौती रकमका लागि हुने गरेका छन् । साथै यस वर्षमात्र १ हजार ७१ जनाको अपराधका घटनामा फरी ज्यान गएको छ । हिंसात्मक आक्रणमहरुका कारण ती व्यत्ति मारिएका छन् । यहाँको दक्षिणी क्षेत्र तेलको लागि प्रसिद्ध छ । तर यस क्षेत्रमा फिरौती रकमका लागि मानिसलाई अपहरण गर्ने, पैसा लिने र पैसा नदिएमा हत्या गर्ने काम गर्ने गर्दछन् । दशकभन्दा लामो समयदेखिको समस्या छ यस देशमा । जसका कारण मानिसहरुले निकै नै असुरक्षित महसूस पनि गर्ने गरेका छन् ।

यहाँका सुरक्षा अधिकारीहरुलाई देशमा असुरक्षाका घटनाको कारण सुरक्षा चुनौतीका साथमा अपहरणको घटना अर्को प्रमुख चुनौती थपिएको छ । यहाँका आदिवासी मुस्लिमहरुका विभिन्न सशस्त्र संगठनहरु पनि रहेका छन् । उनीहरुले यहाँका किसानलाई आक्रमण गर्ने गर्दछन् । जमिन कब्जा गर्ने प्रयोजनार्थ पनि यहाँ ती लडाकू समूह र किसानबीच संघर्ष हुने गर्दछ । ती समूहले किसानमाथि हमला गर्ने गर्दछन् ।

वि.सं.२०७६ जेठ ४ शनिवार २०:१४ मा प्रकाशित

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिसनजिक थिम पार्क बनाउन फ्रान्स र साउदी अरबबीच सहमति

पेरिस । फ्रान्स र साउदी अरबले पेरिसनजिकै ६ अर्ब युरो...

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

युवाहरू व्यावहारिक सीप सिक्नतर्फ आकर्षित

पछिल्लो समय युवाहरू खर्च घटाउने तत्कालीन उपायभन्दा भविष्यमा उपयोगी हुने...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

युद्धका बेला चुनाव गराउँदा युक्रेन विभाजित हुने जेलेन्स्कीको चेतावनी

किएभ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण जारी रहेका...

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

बीजिङ खेलमा चिनियाँ रोबोटले उसेन बोल्टको १०० मिटर विश्व कीर्तिमान तोड्याे

(बेइजिङ, रोयटर्स) । चीनको बेइजिङमा आयोजित विश्व ह्युमनोइड रोबोट खेलकुद...

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा...