५ जेठ, काठमाडौँ । संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका बाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्टिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ ।
गतसाता बसेको अयोग बैठकले अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितिका कारण नेपालको अर्थतन्त्रका बाह्य क्षेत्रमा पर्नसक्ने प्रभाव आँकलन गर्न सदस्य डा. रामकुमार फुयाँललाई जिम्मेवारी तोकेको छ । डा. फुयाँलले आयोगमा आर्थिक व्यवस्थापन महाशाखा हेर्छन् ।
हामीले चीन अमेरिकाबीच देखिएको व्यापार तनाबलाई नजिकबाट हेर्न सुरु गरेका छौँ, राष्टिय योजना आयोगका उपाध्यक्ष डा. पुुष्प कंडेलले भने ‘सिर्जित समस्या विश्लेषण गरी प्रधानमन्त्ती तथा मन्त्रीपरिषद्को कार्यालयमा रिपोटिङ गछौँ । चीन अमेरिकाबीचको व्यापार तनाबले नेपाललाई तत्कालै ठूलो असर नपरे पनि रेमिटयान्स र आयातमुखी अर्थतन्त्रमा पर्नसक्ने सम्भावित जोखिम विश्लेषण गर्ने काम थालिएको डा. कंडेलले जानकारी दिएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित भएको छ ।
वि.सं.२०७६ जेठ ५ आइतवार ०७:३७ मा प्रकाशित






























