६ जेठ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले ११ वर्षे विकास ऋणपत्र २०८७ ‘ख’को बिक्री बोलकबोल गर्दैछ । सूचना जारी गर्दै बैकले जेठ ७ गते मंगलबारका दिन बोलकबोलमार्फत बिक्री गरिने उक्त ऋणपत्र खरिद गर्न अनुरोध गरेको छ ।
उक्त ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकहरुले भाग लिन सक्ने बताइएको छ ।
विस्तृत जानकारीका लागि बैंकको वेवसाइट www.nrb.org.np मा हेर्न वा फोन नं ०१–४१०१७३२ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

वि.सं.२०७६ जेठ ६ सोमवार ०९:०३ मा प्रकाशित




























