९ जेठ, जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका ४ बाउलीगाउँस्थित पाँचसय ९० रोपनी सरकारी जग्गा आफन्तको नाउँमा गराउने मालपोतका पाँच कर्मचारी सहित पाँचजना पक्राउ परेका छन् ।
जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्द प्रसाद न्यौपानेसहित स्थानीय शिक्षक मनिषचन्द्र न्यौपाने, स्थानीय किसान हरिहर न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मालपोत कार्यलय चाबहिलका नासु विजय शर्मा र राष्ट्रिय पशु अुनसन्धान प्रतिष्ठान खुमलटारका पूर्वनिर्देशक उमुसनाकुमार श्रेष्ठ समेत छन् ।
उनीहरुलाई केही दिन हिरासतमा राखेर अनुसन्धान अगाडि बढाईको छ । विहिबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ ९ बिहीवार ०७:५८ मा प्रकाशित