
९ जेठ, धरान । पाँचथरको मिक्लाजुङ गाउँपािलका ३ आरुबोटे हत्याकाण्डमा मारिएकाका आफन्तले प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाएका छन् ।
दुई परिवारका नौजनाको हत्या एकजनाले मात्रै गरेको संकेत गरेर प्रहरीले हत्यारा उम्काउन खोजेको उनीहरुको आरोप छ । एकसाता अघि धनराज शेर्माको घरमा नुनमा सिसा मिसाएर तरकारीमा हालिएको घटनालाई समेत प्रहरीले नजर अन्दाज गरेको आफन्तको गुनासो छ ।
शान्त लिम्बूले एकै व्यक्तिबाट यति ठूलो जघन्य अपराध हुन नसक्ने दाबी गरिन् । अर्का आफन्त मिक्लाजुङ २ का प्रेम कुमार राईले सिसा काण्डमाथि प्रहरी गम्भीर नबन्दा हत्याकाण्ड निम्तिएको बताए । ‘सिसाकाण्डमा जाहेरी परे पनि प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान नगर्दा सामूहिक हत्याकाण्ड भएको छ । छानबिनको प्रगति हामीलाई जानकारी नगराए सम्म शब जिम्मा लिँदैनौं ।’ राईले भने । विहिबारको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७६ जेठ ९ बिहीवार ०७:५१ मा प्रकाशित





























