back
CTIZAN AD

सिरियामा हवाई आक्रमण, १२ जनाको मृत्यु

वि.सं.२०७६ जेठ ९ बिहीवार

795 

shares

९ जेठ, बेरुत ।  सिरियाको सरकारी फौजले इडलिब प्रान्तको एक बजारमा गरेको हवाई आक्रमणमा १२ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । उक्त हवाई आक्रमण रुसी सेनाले गरेको आशंका समेत गरिएको छ ।बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार रमादानको दिउँसोको उपबास सकिएर साँझपख मानिसहरु बजारमा भेला भएका बखत आक्रमण भएको थियो ।यस्तै, मङ्गलबार राति विद्रोही लडाकूले नियन्त्रणमा लिइरहेको मारत अल–नुमान शहर आसपास गरिएको अर्को हवाई आक्रमणमा १८ जना घाइते भएको अब्जरभेटरीले जनाएको छ ।
बुधबार भएका पछिल्ला भिडन्तमा ५२ जनाको ज्यान गएको छ जसमा सरकारी फौजतर्फ २९ जना र विद्रोहीतर्फ २३ जना रहेका छन ।

गत मे ८ मा सरकारी फौजले नियन्त्रणमा लिएका धेरैवटा शहरलाई पुनः विद्रोहीले कब्जामा लिएको अब्जरभेटरीले जनाएको छ । मुस्लिम जिहादीको प्रभुत्व रहेको इड्लिब क्षेत्रलाई रुस, सिरिया र टर्कीबीच गत वर्ष सेप्टेम्बरमा भएको सहमति बमोजिम मध्यवर्ती क्षेत्रका रुपमा लिइएको छ । तर पछिल्ला हप्ताहरुमा सिरियाली फौज र रुसी सेनाले बमबारी गरिरहेका छन ।

इड्लिब प्रान्तको अधिकांश भूभाग हायात तहरिर अल–शाम समूहले कब्जामा लिएको छ । साथै यही समूहले छिमेकी अलेप्पो, हामा र लाटाकीयाका केही भूभागमा पनि कब्जा गरेको छ ।
अब्जरभेटरीले गत अप्रिल ३० यतामात्र १८० जनाभन्दा बढी नागरिकको मृत्यु भइसकेको जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार पछिल्ला भिडन्तका कारण दशौं हजार मानिस आफ्ना घर छाडेर अन्यत्र भागेका छन ।

वि.सं.२०७६ जेठ ९ बिहीवार १२:४१ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...