back
CTIZAN AD

को–को मनोनित भए त गुल्मी जिल्ला समाज युकेको ३५ सल्लाहकारमा ? (नामावलीसहित)

वि.सं.२०७६ जेठ १२ आइतवार

783 

shares

बेलायत । भर्खरमात्र छैटौं अधिबेशन सम्पन्न गरेको गुल्मी जिल्ला समाजले समाजको सल्लाहकारमा ३५ जनालाई मनोनित गरेको छ ।

नवनिर्वाचित अध्यक्ष टोप पल्लीको कार्यसमितिले ३५ सदस्यीय सल्लाहकार मनोनित गरेको हो ।

१९ मे का दिन बेलायतको नटिंघममा सम्पन समाजको बैठकले सल्लाहकार समिति, विधान समिति र ट्रष्टी बोर्डको चयन तथा कार्यविभाजन र भावी कार्यक्रमहरु तय गरेको हो ।

समाजको सल्लाहकारमा ओमप्रसाद थापा संस्थापक अध्यक्ष, अर्जुन गौतम पूर्वअध्यक्ष, राम गलामी पूर्वअध्यक्ष तथा दुर्गा पाण्डे, मोतीराज भण्डारी, विनोद ज्ञवाली, केशव भण्डारी, ओम बहादुर गुरुङ, राजन खरेल, फण्डिन्द्र भट्टराई, बालजंग अर्याल, चक्रबहादुर राना, पण्डित प्रेमप्रसाद गैरे, मीन दर्लामी, फत्त थापा, गोकर्ण बस्नेत, कमल भण्डारी, पशुपति भण्डारी, दासुराम पाण्डे, रणबहादुर केसी,क्या.(रिटायर्ड) टमबहादुर ढेगा, बिनप्रसाद भुजेल, राजेन्द्र श्रेष्ठ, सुरेश गौतम, तोयबहादुर थापा, खड्ग रेस्मी, रोमनाथ पाण्डे, झपट भुजेल, डा. विष्णु घिमिरे, ले.क. रिटायर्ड यम राना, काशिराम भण्डारी, ध्रुबराज अर्याल, कोलेशोर (कृष्ण) ढकाल, डिएन खराल र टेक थापा रहेका छन् ।

समाजको च्यारिटी बोर्डको ट्रस्टीमा कार्यसमितिका अध्यक्ष टोप पल्ली, महासचिव बीर बलाल, कोषाध्यक्ष वरुण भण्डारी र सदस्य शंकर भण्डारीका साथै संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्वअध्यक्ष राम गलामी र सल्लाहकार बालजंग अर्याललाई नियुक्त गरिएको छ ।

त्यस्तै समाजको विधान समितिमा सल्लाहकार केशव भण्डारीको संयोजकत्वमा सल्लाहकारहरु प्रेम गैरे, मिन दर्लामी, रणबहादुर केसी साथै उपाध्यक्ष राम सापकोटा, महासचिव वीर रहेका छन् ।

त्यस्तै समाजको च्यारिटी संयेजकमा उपाध्यक्ष तारानाथ भण्डारी, अपांगता दिवस च्यारिटी कार्यक्रमको संयोजक सचिब मञ्जु खरेल तथा सह–संयोजक उपाध्यक्ष रामप्रसाद सापकोटालाई तोकेको छ । अगस्टमा हुने वार्षिक भेला कार्यक्रमको संयोजक महासचिव बीर बलाल र सहसंयोजक उपाध्यक्ष मति पुनलाई चयन गरिएको छ ।

समाजले मिडिया संयोजकको जिम्मा पत्रकार शिव भण्डारी दिएको छ भने ,प्रवक्तामा रुद्र थापा, एडमिन मेम्बर भक्त बलाल, खेलकुद हरि भट्टराई,सांस्कृतिक माया केसी, आईटी संयोजक मुकुन्द खरेल, वेवसाइट संयोजक प्रेम गुरुङ, युवासंयोजक शिव राना र ड्रिंक संयोजक भोजराज भण्डारीलाई चुनेको छ ।

यसैबीच जुन २ तारिक आइतबार लण्डनको ग्रिनविचस्थित माउन्टेन भ्यू रेष्टुरेन्टमा एक कार्यक्रमबीच सल्लाहकारहरुलाई समाजले खादा ओढाएर स्वागत सम्मान गर्ने भएको सचिब मञ्जु भण्डारीले बताइन् ।

कार्यक्रममा समाजको भावी कार्यदिशा कस्तो रहने भन्ने विषयमा सल्लाहकारहरुको राय र सुझाव प्रस्तुत गर्ने,सबैको सुझावलाई ध्यानमा राख्दै कार्यसमितिले एक प्रस्ताव तयार गर्ने र त्यसमा आवश्यक छलफलपछि समाजको भावी कार्यदिशा तय गरिने जानकारी अध्यक्ष टोप पल्लीले गराए ।

समाजका महासचिव बीर बलाललका अनुसार नवनियुक्त सल्लाहकारहरुलाई आउँदो जुन २ तारिख एक विशेष कार्यक्रमबीच स्वागत गर्ने निर्णय गरेको छ । त्यसअवसरमा पुरानो तथा नयाँ कार्यसमितिबीचको हेन्डओभर टेकओभर पनि हुनेछ । सोहि दिन आगामी अगस्ट ४ मा हुने वार्षिक भेलाको तयारी बैठक पनि गरिनेछ ।

वि.सं.२०७६ जेठ १२ आइतवार १४:३४ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...