back
CTIZAN AD

एनआरएनए मासाचुसेट्सको अध्यक्षमा प्रेम तामाङ निर्वाचित

वि.सं.२०७६ जेठ १४ मंगलवार

588 

shares

गैरआवासीय नेपाली संघ अमेरिकाको हालै सम्पन्न निर्वाचनबाट मासाचुसेट्स च्याप्टरको अध्यक्षमा प्रेम तामाङ निर्वाचित भएका छन् ।

जम्मा २४३ मत रहेको म्यासाचुसेट्स राज्यमा १२२ मत ल्याएर प्रेम तामाङ विजयी भएका छन् भने उनका प्रतिद्वन्द्धी समन्ता बज्राचार्यले ९५ मत पाएका थिए ।

प्रेम तामाङ र समन्ता बज्राचार्यको दुइ प्यानलबीच भएको प्रतिपस्पर्धामा समन्ताको प्यानलबाट च्याप्टर उपाध्यक्षमा ११४ भोट ल्याइ हरि काफ्ले निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्दी अजय कुसवाहले १०३ मत पाएका थिए । प्रेम तामाङको प्यानलबाट कोषाध्यक्षमा प्रचण्ड श्रेष्ठ, युवा संयोजकमा खुम (राजु) गुरूङ र च्याप्टर बोर्ड सदस्यमा सुवास तामाङ र हजुरी सिंह र बाँकी च्याप्टर बोर्ड सदस्यहरू चन्द्र बहादुर मल्ल, खगेन्द्र रेग्मी, र सानु माया अधिकारी समन्ताको प्यानलबाट निर्वाचित भएका छन् ।

महिला संयोजकमा रूक्मिणी कार्की र सचिवमा रन्जन थापा निर्विरोध निर्वाचित भएका थिए । एनआरएनको अन्तराष्ट्रीय समन्वय परिषदमा म्यासाचुसेट्सबाट तृष्णा शर्मा विजयी भएकी छिन् ।

संधै सहमतीमै सामाजिक संघ संस्थाहरूको पदाधिकारीहरू चयन गर्ने म्यासाचुसेट्स राज्यमा पहिलोपटक चुनावी प्रतिस्पर्धा भएको हो । कतिपय भद्रभलादमीहरूका भनाइ अनुसार यसरी प्रतिस्पर्धा हुन सक्ने बारे समन्ता पक्ष अनभिज्ञ थिए । एकाएक अन्तिम समयमा प्रेम तामाङ टोलीले उम्मेदवारी दर्ता गरेपछि चुनावी माहोल गर्माएको थियो ।

अन्तिम क्षणसम्म सहमतिमै जाने प्रयास भए पनि दुवै पक्ष अध्यक्ष पद छोड्न तयार नभएपछी सहमती जुटन नसकेको बताइएको छ । यसबाट विगतमा झैं गोजीबाट लिष्ट झिकेर एनआररएन म्यासाचुसेट्स च्याप्टरको पदाधिकारीहरू चयन गर्ने परम्पराको भने अन्त्य भएको निर्वाचनमा सहभागीहरुको भनाई छ ।

निवर्तमान कार्यसमितिले अधुरो छोडेको कामहरू अघि बढाउँदै “एक पटकको नेपाली, सँधैको नेपाली” अभियानलाइ सफल पार्न लागि पर्ने नवनिर्वाचित अध्यक्ष तामाङको भनाइ छ । पूर्व निर्धारित कार्यक्रम अनुसार एनआरएन अमेरिकाको आठौ बार्षिक साधारण सभा आगामी जुलाई ६–७ तारिख शिकागोमा हुँदैछ र नव निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई त्यहीं शपथ खवाइने कार्यक्रम रहेको छ ।

 

वि.सं.२०७६ जेठ १४ मंगलवार ०९:१९ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...