back
CTIZAN AD

यार्सागुम्बाको खोजीमा हजारौं सर्वसाधरण , २६ प्रतिशत बढी राजश्व

वि.सं.२०७६ जेठ १४ मंगलवार

663 

shares

१४ जेठ, जाजरकोट । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले २६ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । अघिल्लो भन्दा यो वर्ष यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व बढी उठेको हो । जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार जेठ १३ देखि भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत ७० भन्दा धेरै यार्सापाटनहरू औपचारिक रूपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले जानकारी दिए ।

निकुञ्ज क्षेत्रभित्र पर्ने धो मा रहेका विभिन्न यार्सागुम्बा पाटनमा हिँउ धेरै जमेकाले स्थानीय र यार्सा सङ्कलकसँग सल्लाह गरेर मङ्गलबार मात्रै पाटन खुलाइने निर्णय गरिएको छ । निकुञ्ज क्षेत्रभित्रका यार्सापाटन औपचारिक रूपमा खुलेसँगै सर्वसाधारण मानिसहरु जोखीम मोलेर बहुमुल्य जडीबुटी यार्सागुम्बाको खोजीमा जुटेका छन् ।

यार्सागुम्बाको खोजीका लागि पुगेका हजारौँ सर्वसाधारण हिँउले सेताम्य पाटनमा हिँउ बिलाएको ठाउँमा यार्सा खोज्न थालेका हुन् । पाटन खुलेको पहिलो दिनमा जतिसक्दो धेरै यार्सागुम्बा टिप्ने अठोटका साथ एकले अर्कालाइ उछिन्दै अगाडि बढिरहेको देखीने रुकुम आठबीसकोट नगरपालिका राडीकी भगवती शाहीले बताए ।निकुञ्ज क्षेत्रभित्र पर्ने अधिकांश यार्सापाटन खुले पनि सामुदायिक वन क्षेत्रभित्रका केही पाटन खुल्न सकेका छैनन् । यार्सापाटन खुलाउन आन्तरिक व्यवस्थापनमा समय लाग्ने भन्दै केही दिनभित्रै पाटन खुलाइने सामुदायिक वनहरुले जानकारी दिएका छन् । अहिलेसम्म रु एक करोड ९१ लाखभन्दा बढी यार्सा सङ्कलनकर्ताबाट रकम उठेको निकुञ्जका छत्र खड्काले जानकारी दिए । अघिल्लोे वर्षको भन्दा यो वर्ष २६ प्रतिशत राजश्व बढी उठेको उनले बताए ।

एक करोड ९१ लाख रकम अघिल्लोे वर्ष उठेको थियो । जाजरकोट, रुकुम, जुम्लाका स्थानीयवासी बढी यार्सागुम्बा सङ्कलनका लागि आएको छन् । अहिलेसम्म आठ हजार बढी यार्सा सङ्कलनकर्ता पाटनमा पुगेको खड्काले जानकारी दिए । सङकलनकर्ता बढ्न सक्ने बताइएको छ ।

निकुञ्जले शुक्रबारबाट प्रवेश शुल्क मार्फत मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणका लागि रु ५००, मध्यवर्ती क्षेत्रबाहेक जिल्ला भित्रका सर्वसाधारणका लागि रु दुई हजार र जिल्लाबाहिरका सर्वसाधारणका लागि रु तीन हजार दस्तुर तोकेको छ । त्यसबाहेक मध्यवर्ती क्षेत्रहरूले सेवा शुल्कको रुपमा छुट्टै रु ५०० लिन पाउने व्यवस्था गरिएको छ ।निकुञ्जले छोडपुर्जी दस्तुरवाफत रु ३० हजार तोकेकोे छ । पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महीनाको अवधि रहने निकुञ्जले जनाएको छ । निकुञ्ज भित्रका १५ नाकाबाट प्रवेश गर्नेलाई प्रवेश पुर्जी काटिएको छ । सो क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ्, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुम लगायतका १४ वटा स्थानबाट सङ्कलन पुर्जी वितरण भइरहेको छ ।

वि.सं.२०७६ जेठ १४ मंगलवार १४:०३ मा प्रकाशित

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

भोटेकोशी बाढीले बैंकिङ क्षेत्रको कर्जा र लगानीमा समेत असर पर्न सक्ने सिबिफिनको भनाइ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट बैंक तथा वित्तीय...

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

नाडाले विपद् राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार...

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

भोटेकोशी बाढीः नाडाद्वारा दुःख व्यक्त, क्षति मूल्यांकन र नाका सञ्चालन सहज बनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिक,...

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

रसुवाको बाढीबाट भएको क्षतिप्रति नाइमाद्वारा दुःख व्यक्त

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीबाट...

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

नेपाल टेलिकमले ‘बल्क एसएमएस’ जस्तै भ्वाइस म्यासेज सेवा सञ्चालनमा ल्यायो

काठमाडौं । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई...

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

Samsung का नयाँ Galaxy Z Fold8 सिरिज र Galaxy Watch नेपालमा सार्वजनिक

काठमाडौं । Samsung ले नयाँ फोल्डेबल स्मार्टफोन तथा स्मार्टवाच नेपाली...