
नेपालको अर्थतन्त्रलाई पुजीँकृत गर्ने काम कैयौं पटक अर्थमन्त्री बनेका टेक्नोक्रयाट डा. रामशरण महतबाट हुनुपर्दथ्यो । उनले सामाजिक, र सरकारी स्वामित्वका उद्योग र संस्थान कौडींको भाउमा बेच्ने भन्दा केही गर्न सकेनन् । राष्ट्रका आधारभुत आवश्यकतालाइ भन्दा बढि दातृराष्ट्र र तिनका स्वार्थमा यसम्यान बन्नुमै महतको विज्ञता देखियो ।
१४ जेठ । हालका अर्थमन्त्री डा. युवराज खतिवडा पोल्टिकल भन्दा बढि टेक्नोक्रयाट मन्त्री मानिन्छन् । यसकारण डा. खतिवडाले सामाजिक सुरक्षाका कार्यक्रमलाई भन्दा बढि पूँजि वृद्धिलाई प्राथमिकता दिनु स्वभाविक मान्नै पर्दछ । तर नेपालको आर्थिक मामीलालाई सवै तहवाट टेक्नोक्रयाटीक सोचबाट मात्रै व्यवस्थापन गर्न सकिदैन । समाजलाई एकैपटक पूँजीवादीकरण गर्न त्यति सहज पनि छैन । यसको पछिल्लो उदाहरण हाम्रो दाक्षिणी छिमेकी भारत हो । लामो समय सोभीयत संघको सामीप्यतामा रहेर समाजवादी आर्थिक गतिविधि अगाडि बढ्याइरहेको भारतमा अर्थतन्त्रलाई पुजिकृत नगरी समाजवादी बन्न सकिदैंन भन्ने सोच ९० को दशकको सुरुवातबाट नै विकसित भएको हो ।
यसका लागि तत्कालीन अर्थमन्त्री डा. मनमोहन सिहले ठूलै रीस्क मोलेका थिए । मनमोहनको आर्थिक डक्ट्रीन नरेन्द्र मोदी सम्म आइपुग्दा समेत अझै विकसित बन्न सकेको छैन । नेपालको अर्थतन्त्रलाई पुजीँकृत गर्ने काम कैयौं पटक अर्थमन्त्री बनेका टेक्नोक्रयाट डा. रामशरण महतबाट हुनुपर्दथ्यो । उनले सामाजिक, र सरकारी स्वामित्वका उद्योग र संस्थान कौडींको भाउमा बेच्ने भन्दा केही गर्न सकेनन् । राष्ट्रका आधारभुत आवश्यकतालाइ भन्दा बढि दातृराष्ट्र र तिनका स्वार्थमा यसम्यान बन्नुमै महतको विज्ञता देखियो ।
अत्यन्तै क्रिटीकल कालखण्डमा अर्थमन्त्री बनेका राजनीतिज्ञ भरतमोहन अधिकारीले बाध्यताको आवश्यकतामा आधारित बजेट सार्वजनिक गरे । अभिकारीले अर्थतन्त्रमा नयाँ तर निरन्तरताका लागि महँगो पर्ने कार्यक्रम अगाडि सारे । जेष्ठ नागरिक भत्ता कार्यक्रम यसकै उपज हो । तत्कालीन नेकपा एमालेलाई नेपाली काङ्ग्रेस लगायतका विरोधीहरुले ६० वर्षमा मानिसलाई गोली हानेर मार्छ भन्ने गरी लगाएको आरोपको खण्डन गर्न जेष्ठ नागरिक भत्ता कार्यक्रम सुरु गरिएको थियो ।
त्यसवाहेक अन्य अर्थमन्त्रीहरुले महत र अधिकारीले भन्दा फरक गरेर वजेट सार्वजनिक गर्ने हिम्मत अहिले सम्म गरेका छैनन् । हालका अर्थमन्त्रीबाट फरक र साहसीले बजेटको अपेक्षा भएपनि भोली बुधवार आउने बजेट निरन्तरताको अभ्यास भन्दा बढि नहुने सङ्केत बाहिर आइसकेका छन् ।
यो बजेटले विगत ३ वर्ष देखि नबढेको कर्मचारीहरुको तलव बढाउने पक्का छ । मुुख्य सचिव र सचिवको न्युनतम १५ प्रतिशत देखी तल्लो तहका श्रेणी विहीन र सहायक स्तरका कर्मचारीको २५ प्रतिशतका दरले तलव बढ्ने सङ्केत देखिएको छ ।
शास्त्रीय पुँजीवादका पदचाप पक्षधर डा. महतले समेत काट्न नसकेको जेष्ठ नागरिक भत्ता डा. खतिवडाले घटाउने वा कटाउने गर्न सम्भव छैन । पछिल्लो पटक डा. महतकै दलले समेत बढाएको जेष्ठ नागरिक भत्ता पनि डा. खतिवडाले बढाउने निश्चित छ । आफ्नो घोषणापत्रमा ५ हजार जेष्ठ नागरिक भत्ता दिने बाँचा गरेको नेकपाले यसपटक १ हजार रुपैयाँ बढाउने तयारी गरेको छ । यसो गर्दा जेष्ठ नागरिक भत्ता ३ हजार रुपियाँ पुग्नेछ ।
यी बाहेक निजामती कर्मचारीलाई सहुलियत ब्याजमा ऋण सरकारी संस्थानमा कम्तीमा १० प्रतिशत सेयरको व्यवस्था समेत वजेटले गर्ने अनुमान गर्न सकिन्छ । यस्तै सर्वाधिक जीवन वीमालाई १० लाख सम्म पु¥याउने तयारी डा. खतिवडाले गरेका छन् ।
डा. खतिवडाको बजेटमा निजामती लगायतका सरकारी कर्मचारीहरुका लागि अन्य विशेष उपहारहरु पनि आउनै सक्ने ठानिएको छ । जस्तै निःशुल्क उपचार, घर, गाडी सहुलियत ऋण र सन्तान सीक्षा कर्मचारीहरुले प्राप्त गर्ने सरकारी उपहार भएको श्रोतहरुले उल्लेख गरेका छन् ।
वि.सं.२०७६ जेठ १४ मंगलवार १४:२६ मा प्रकाशित






























