back
CTIZAN AD

सुशासन र विकास आजको प्राथमिकता हो, हाम्रो पाइला त्यतातर्फ अग्रसर भएको प्रधानमन्त्री ओलीको भनाई

वि.सं.२०७६ जेठ १५ बुधवार

603 

shares

१५ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको पराधीन मानसिकता नेपालीको गौरवपूर्ण संस्कृति हुनै नसक्ने बताएका छन् । गणराज्यहरुबाट शुरु भएको मुलुकको गौरवपूर्ण इतिहास, प्राचीन सभ्यता र स्वतन्त्रता उच्च रहेको उल्लेख गर्दै उनले जन्मसिद्ध श्रेष्ठताको भ्रमपूर्ण कथ्य वैज्ञानिक सत्यतामा आधारित नभएको स्पष्ट गरे ।

बाह्रौँ गणतन्त्र दिवसका अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मूल समारोह समितिका संयोजकसमेत रहेका प्रधानमन्त्री ओलीले जनताले प्राप्त गरेका उपलब्धिलाई अस्वीकार गर्ने र उपलब्धिको अपमान गर्ने व्यवहार लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने बताउँदै गणतन्त्रलाई संस्थागत गरी जनजीवनको सार्थक अभ्यासमा उतार्न पनि यसको गरिमा र मर्यादालाई कायम राख्नुपर्नेमा जोड दिए ।

प्राचीन इतिहास स्मरण गर्दै प्रधानमन्त्रीले भने, “हाम्रो इतिहासमा राजा भनेर चिनिने प्राचीनकालका अगुवाहरु खासमा गणनायकहरु थिए, उनीहरु जनताबाट चुनिन्थे, पछिल्ला समयका जस्ता वंशाणुगत क्रममा अलोकतान्त्रिक विधिबाट सत्तामा पुगेका सामन्तवादका संरक्षक राजा थिएनन् ।” विद्वताको गौरवशाली परम्परा भएको प्राचीन मिथिलामा महर्षिहरुले नायकत्व गरेको र प्राचीन शाक्य गणराज्यका शुद्धोधन पनि गणनायक रहेको बताउँदै प्रधानमन्त्री ओलीले मानवीय जीवनका दुःख, पीडा, द्वन्द्व र अशान्तिको अन्त्यहीन शृङ्खला देखेर सिद्धार्थ गौतमले त्यस्तो कुचक्रको अन्त्य गर्न पारिवारिक माया र स्नेह तोडेर ज्ञानको खोजीमा निस्किएको स्मरण गरे । चार सय ६१ वर्षअघि हरेक साल लिगलिगकोटमा हुने दौडमा जसले जित्थ्यो ऊ नै वर्षभरिका लागि राजा हुने परम्परा रहेको उल्लेख गर्दै उनले त्यस बेलाको मुलुकको गौरव गर्नलायक इतिहासमा अनेकौँ बाहुबल, जालझेल र षड्यन्त्रले आफ्ना सन्तानलाई शासक बनाउने सामन्ती राजतन्त्रको शृङ्खला शुरु गरिएको बताए ।

“आजको दिन त्यो शृङ्खलाको अन्त्य गरी आफ्नै मौलिक परम्पराअनुरुप जनताको शासन स्थापना गरिएको गौरवमय ऐतिहासिक दिन हो, यो जनताको विजय र कुलीनतन्त्रको पराजय भएको दिन हो, बलपूर्वक थोपरिएको अन्यायको विरुद्ध न्यायको जीत भएको दिन हो”, प्रधानमन्त्रीले भने ।शान्ति, स्थिरता, विकास, समृद्धि र सुशासन मुलुकको अन्तिम गन्तव्य भएको बताउँदै प्रधानमन्त्री ओलीले नेपाली जनतामा लोकतन्त्रको सार्थक अनूभूति गराउने अभियानमा सरकार लागेको बताए । “सुशासन र विकास आजको प्राथमिकता हो, हाम्रो पाइला त्यतातर्फ अग्रसर छ”, प्रधानमन्त्रीले थपे ।एक वर्षका अवधिमा सुशासन र विकासका लागि अवरोध पु¥याउने असान्दर्भिक ठहरिएका कतिपय नीति, विधि र संरचना परिवर्तन, परिमार्जन र खारेज गरिएको उनल जानकारी दिए । उनले समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा अघि बढ्ने दृढ इच्छाशक्ति भएको प्रगतिशील, देशभक्त र जनपक्षीय सरकार र सात प्रदेश तथा ७५३ वटै सरकारलाई एउटै लय र तालमा समृद्धिको गन्तव्यतर्m अग्रसर गराउनु मुख्य दायित्व भएको बताए ।

प्रधानमन्त्रीले छिमेकी सम्बन्ध र मित्रराष्ट्रसँगको कूटनीतिले आवश्यक स्रोत, साधन र सामथ्र्यको प्रयोग र सहकार्यमा थप अनुकूलता मिलेको बताए । उनले संविधान विपरीत राष्ट्रिय अखण्डतामाथि चुनौती बनिरहेका शक्तिसमेत मूलधारमा समाहित भएको तथा अस्थिरताको पक्षपोषण गर्ने शक्ति छट्पटाइरहेकोे जिकिर गरे ।उनले गणतन्त्रलाई जनताको जीवनस्तर उकास्नका लागि सरकार रोजगारीको अवसर सिर्जना गर्ने, उत्पादन वृद्धि र उपभोग्य वस्तुमा आत्मनिर्भरता बढाउने तथा विकासका आयोजनाको गति बढाउन लागिपरेको बताए ।जनताको अनुहार मलीन हुने विवशताको अन्त्य गर्ने सङ्कल्पलाई सार्थक बनाउन सरकारको दृढ उद्देश्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसका लागि विभिन्न पेशा, क्षेत्र, व्यवसायका व्यक्तिको साथ रहने विश्वास व्यक्त गरे । प्रधानमन्त्रीले भने, “गणतन्त्र केवल राजनीतिक प्रणाली मात्रै होइन समग्र सामाजिक रुपान्तरणको व्यवस्था हो,, सर्वजन हितायः सर्वजन सुखायः हाम्रो गणतन्त्रको आत्मा हो ।”आजको दिन गणतन्त्रको सार्थक अभ्यासप्रति सचेत हुने, आफूले निर्वाचित गरेको सर्वाच्च संस्थाको मर्यादामा सजग हुन अभिप्रेरित गर्ने र गणतन्त्रको मर्यादा गर्न सिकाउने उनले बताए ।

गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्री, गृहमन्त्रीलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा अधिकारीको सहभागिता थियो । समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले कवाज र मार्चपाष्ट प्रदर्शन गरेको थियो भने काठमाडौँ र ललितपुर महानगरपालिकालगायत उपत्यकाका विभिन्न नगरपालिकाबाट मौलिक संस्कृति र भेशभूषा झल्कने सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो ।

वि.सं.२०७६ जेठ १५ बुधवार १४:०५ मा प्रकाशित

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

मोरङमा रास्वपा उम्मेदवारका प्रतिनिधिको मृत्यु

काठमाडौं । मोरङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारका प्रतिनिधिको...

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

नेपाली कमुनिस्ट पार्टी ७ स्थानमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले...

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

निर्वाचन परिणामः चालिस स्थानमा रास्वपा अघि

काठमाडौँ । प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार...

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

कांग्रेसद्वारा शान्तिपूर्ण निर्वाचन सम्पन्न गराएकोमा सरकार र आयोगलाई धन्यवाद

काठमाडौँ ।  नेपाली कांग्रेसले शान्तिपूर्ण वातावरणमा प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न...

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वतको शालिग्राममा दिउँसो सम्म ८८५ मत खस्यो

पर्वत । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पर्वत जिल्लाको विहादी गाउँपालिका–६...

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

सर्लाही -४ को बलरामा विवादले रोकिएको मतदान पुनः सुरु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान...