back
CTIZAN AD

भैरव रावल नेतृत्वको यी हुन् उम्मेदवार

वि.सं.२०७६ जेठ १५ बुधवार

738 

shares

विकास थारु
१५ जेठ । टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी नेतृत्वका लागि हुने निर्वाचनमा भैरवसिंह रावल नेतृत्वको प्यानललाई मतदान गरि अत्याधिक बहुमतले विजयी गराऔं । को को हुन भैरवसिंह रावल प्यानलका पदाधिकारीहरु ?

अध्यक्ष : भैरव रावल –  रावल हाल सम्म कार्यसमितिको सचिवका रुपमा कार्यरत छन् । नेकपाका नेताका रुपमा समाजमा चिनिने रावल अध्यानसिल र बौद्धक व्यक्तिका रुपमा चिनिन्छन् । थोरै बोल्ने तर आफ्नो काममा लागिरहने नेताका रुपमा चिनिने भैरव रावल लेखन र डकुमेण्टेसनमा समेत अब्बल मानिन्छिन् ।

उपाध्यक्ष : गोपीराम जैसी – कार्यसमितिको कोषाध्यक्षका रुपमा एक कार्यकाल जिम्मेवारी सम्हालीसकेका जैसी टीकापुरका प्रतिष्ठित व्यवसायीका रुपमा चिनिन्छन् । लम्कीबाट सञ्चालि हाम्रो मालिका एफएमका प्रबन्ध निर्देशक समेत रहेका जैसी सरल र सहज स्वभावका धनि छन् ।

सचिवः   सुरतबहादुर कुँवर – एक कार्यकाल खानेपानकिो कार्यसमितिको सदस्यका रुपमा कार्यभार सम्हाली सकेका कुँवर स्थानिय वासीका बिचमा पाका र सरल स्वभावका धनिका रुपमा चिनिन्छन् । नेपाल सरकारको निजामति सेवामा अधिकृत भएर हाल सेवा निभृत्त कुवर समाजका विभिन्न क्षेत्रमा कृयासिल नाम हो ।

कोषाध्यक्षः विश्राम थारुः–विश्राम थारु मुक्त कमैयाका नेता हुन । उनी टीकापुरको विजयनगर मुक्त कमैया शिविरमा बस्छन । गत स्थानिय तहको निर्वाचनमा तत्कालिन माओवादी केन्द्रका तर्फबाट वार्ड नं २ को वार्ड अध्यक्षका प्रत्यासी रहेका थारु सरल स्वभावका छन् ।

सदस्यहरु :
किर्तिबहादुर रोकाया –  टीकापुर १ को जमरापारीको क्षेत्रका स्थानिय वासिन्दा रोकाया सरल र मिलसार स्वभावका छन् । उनी स्थानिय एक उद्योगको प्रबन्धिकिय जिम्मेवारी समेत सम्हालेका छन् ।  उनलाई स्थानियरुपमा परिचित र राम्रो छवि भएको व्यक्तिकारुपमा चिनिन्छ ।

कृष्णीदेवी चौधरी– चौधरी टीकापुर १ शक्तिनगर निवासी हुन । उनी मुक्त कमैयाको क्षेत्रमा कृयासिल महिला हो । उनी मुक्तकमैया महिलाको प्रतिनिधित्व गर्दै यो प्यानलमा हुन ।

बलबहादुर कामी–बलबहादुर कामी टीकापुरका एक दलित अगुवा हुन । जो विगत २ दशकदेखि टीकापुरमा सामाजिक सेवामा समर्पित रहदै आएका छन।

सरिता रावल थापा–सरिता रावल थापा एक युवा महिला समाजसेवी हुन । समाजका हरेक सुख्खदुख्खमा आफ्नो उपस्थिती देखाउने थापा टीकापुर नगरपालिका वार्ड नं.१ ब्लक नं. १५ निवासी हुन । लगनसिल र समाजसेवामा खटिने महिलाकारुपमा उहालाई स्थानियवासीहरु जान्दछन ।

सिर्जना शर्मा पण्डित –सिर्जना शर्मा पण्डित टीकापुरमा एक महिला समाजसेवीका रुपमा चिनिएको नाम हो । धार्मिक र समाजिक काम अग्रसर हुने एक महिला समाजसेवीका रुपमा उहालाई सबैले चिन्दछन ।

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको आगामी कार्यकालमा तिन वटा प्यानलहरुले उम्मेद्धारी घोषणा गरेका छन । अध्यक्षका प्रत्यासी भैरव रावल नेतृत्वको टीम नेकपा नजिकको मानिन्छ भने नवराज रावल र बलबहादुर खड्का नेपाली कांग्रेसका तर्फबाट उठेका छन् । रावल टिमलाई काँग्रेसको आधिकारिक टीम र बलबहादुर खड्काको प्यानल तेस्रो समुहका रुपमा आएको छ ।
नवराज रावललाई नेपाली काँग्रेस पार्टीले आधिकारिक निर्णय गरेर उम्मेद्धारी बनाएको हो भने खडका पक्षमा समेत काँग्रेसका स्थानिय वरिष्ठ नेताहरु देखिएका छन ।

वि.सं.२०७६ जेठ १५ बुधवार १४:१७ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...