back
CTIZAN AD

भारतीय सीमा क्षेत्रका शहरहरुमा पर्यटकीय गन्तव्यको प्रचार गरिँदै

वि.सं.२०७६ जेठ १५ बुधवार

726 

shares

१५ जेठ, चितवन । चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरुले भारतीय सीमा क्षेत्रका शहरहरुमा पुगेर त्यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका छन् ।

चितवन र लुम्बिनीका पर्यटन व्यवसायीहरु संयुक्त रुपमा गएर भारतीय सीमा क्षेत्रका शहरहरुमा त्यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका हुन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार यही असार ३ गतेबाट भारतको पटना, वनारस र लखनउ पुगेर ६ दिनसम्म त्यहाँका ट्राभल एजेन्सी, होटल व्यवसायीलगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताए ।

नेपाल पर्यटन बोर्डको सहयोगमा गर्न लागिएको यस कार्यक्रममा ती स्थलहरुमा गरिने कार्यक्रममा चितवन, रुपन्देहीसहित नेपालका विभिन्न क्षेत्रका पर्यटकीय महत्वका गन्तव्यहरुका बारेमा जानकारी गराइनेछ । त्यहाँ पर्यटनको हिसाबले बेमौसमको समय पारेर व्यवसायीहरु ती शहरहरु जान लागेका हुन् । नेपालका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्ने उद्देश्यले भारतका विभिन्न शहरमा प्रचारप्रसार अभियान थालिएको हो । चितवन राष्ट्रिय निकुञ्जलाई केन्द्रमा राखेर बारादेखि लुम्बिनीसम्मको पर्यटकीय गन्तव्यलाई सीमा क्षेत्रको विहार र उत्तर प्रदेशमा प्रचार गर्ने उद्देश्यले सो कार्यक्रम शुरु गर्ने भएको छ ।

सो क्षेत्रबाट एकै दिन त्यहाँ पर्यटक आउन सक्छन् । सो क्षेत्रको भन्दा नेपालको तापक्रम कम भएकाले नेपालमा भारतीय सीमा क्षेत्रबाट पर्यटक भित्र्याउन सकिने उद्देश्यका साथ शुरु गर्ने यो अभियानलाई सरकारले सहयोग गरेको छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १४:१९ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...