back

भारतीय सीमा क्षेत्रका शहरहरुमा पर्यटकीय गन्तव्यको प्रचार गरिँदै

वि.सं.२०७६ जेठ १५ बुधवार

474 

shares

१५ जेठ, चितवन । चितवन र रुपन्देहीका पर्यटन व्यवसायीहरुले भारतीय सीमा क्षेत्रका शहरहरुमा पुगेर त्यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका छन् ।

चितवन र लुम्बिनीका पर्यटन व्यवसायीहरु संयुक्त रुपमा गएर भारतीय सीमा क्षेत्रका शहरहरुमा त्यहाँको पर्यटकीय गन्तव्यका बारेमा प्रचारप्रसार गर्ने भएका हुन् । क्षेत्रीय होटल सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार यही असार ३ गतेबाट भारतको पटना, वनारस र लखनउ पुगेर ६ दिनसम्म त्यहाँका ट्राभल एजेन्सी, होटल व्यवसायीलगायतसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताए ।

नेपाल पर्यटन बोर्डको सहयोगमा गर्न लागिएको यस कार्यक्रममा ती स्थलहरुमा गरिने कार्यक्रममा चितवन, रुपन्देहीसहित नेपालका विभिन्न क्षेत्रका पर्यटकीय महत्वका गन्तव्यहरुका बारेमा जानकारी गराइनेछ । त्यहाँ पर्यटनको हिसाबले बेमौसमको समय पारेर व्यवसायीहरु ती शहरहरु जान लागेका हुन् । नेपालका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्ने उद्देश्यले भारतका विभिन्न शहरमा प्रचारप्रसार अभियान थालिएको हो । चितवन राष्ट्रिय निकुञ्जलाई केन्द्रमा राखेर बारादेखि लुम्बिनीसम्मको पर्यटकीय गन्तव्यलाई सीमा क्षेत्रको विहार र उत्तर प्रदेशमा प्रचार गर्ने उद्देश्यले सो कार्यक्रम शुरु गर्ने भएको छ ।

सो क्षेत्रबाट एकै दिन त्यहाँ पर्यटक आउन सक्छन् । सो क्षेत्रको भन्दा नेपालको तापक्रम कम भएकाले नेपालमा भारतीय सीमा क्षेत्रबाट पर्यटक भित्र्याउन सकिने उद्देश्यका साथ शुरु गर्ने यो अभियानलाई सरकारले सहयोग गरेको छ ।

वि.सं.२०७६ जेठ १५ बुधवार १४:१९ मा प्रकाशित

Himalayan Life AD
आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियान, नेपालबीच...

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौँ । आज साताको चौथ्यो दिन सेयर बजार दोहोरो अंकले...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर...