back
CTIZAN AD

महिला अधिकार र योजना निमार्णमा सक्रिय हुँदैे धादिङका महिला जनप्रतिनिधिहरू

वि.सं.२०७६ जेठ १५ बुधवार

678 

shares

१५ जेठ, धादिङ । आगामी वर्षदेखि महिला अधिकार र विकासका लागि योजना निर्माण तथा कार्यान्वयनमा सक्रिय भएर लाग्ने प्रतिबद्धता धादिङका महिला जनप्रतिनिधिहरुले व्यक्त गरेका छन् ।

प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयको आयोजनामा धादिङबेसीमा सम्पन्न पाँचदिने क्षमता अभिवृद्धि तालीमपछि महिलाहरु उत्साही भएको र महिला अधिकारका लागि उनीहरु लागिपर्ने बताएका हुन् । एघार गाउँपालिका र दुई नगरपालिकाका ३०० महिला जनप्रतिनिधि र महिला कर्मचारीको सहभागिता रहेको तालीममा उनीहरुले लैङ्गिक मैत्री बजेट, महिला विकास योजना निर्माण तथा महिलामाथि हुने सबै किसिमका भेदभाव र अपराधविरुद्ध टोल तहबाट नै योजना निर्माण गरी लागू गर्न सक्षम भएको सामाजिक विकास मन्त्रालयका स्किम श्रेठले बताए ।

विकासका सामाजिक अन्तरसम्बन्धी मुद्दाहरु र स्थानीय तहको भूमिका, सामाजिक परिचालनको महत्व तथा यसको अभ्यास, विपन्न महिला तथा बालबालिका संरक्षणका सवालहरु, स्थानीय तहको भूमिका, नेतृत्व विकास, लैङ्गिक विभेद, लैङ्गिक उत्तरदायी बजेट, लैङ्गिक परीक्षण, मानव बेचबिखन तथा यससम्बन्धी व्यवस्था, मुलुकी देवानी(संहिता) ऐन २०७४ मा महिला तथा बालबालिकासम्बन्धी व्यवस्था, घरेलु हिंसासम्बन्धी कानूनी व्यवस्था, समुदायमा आधारित संरक्षण प्रणाली तथा बाल संरक्षणमा स्थानीय तहको भूमिका, पितृसत्ताले महिलाको समग्र विकासमा पारेको असरलगायतको १५ विषयमा सहभागीहरुलाई तालीम दिइएको थियो ।

वि.सं.२०७६ जेठ १५ बुधवार १४:३२ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...