back
CTIZAN AD

शान्त कर्मभूमि जापानमा घटेका मुटु कपाउने घटनाहरु

वि.सं.२०७६ जेठ १५ बुधवार

933 

shares

१५ जेठ, काठमाण्डौं । जन्म देशमा दिनहुँ हत्या हिंसा, बलात्कारका घटना घटेका समाचारले देशप्रति चिन्तित बनेका धेरै नेपालीहरु आफू कार्यरत कर्म देशमा पनि मुटु काप्ने गरी घटेका घटनाका कारण विक्षिप्त बनेका छन् ।

कर्मदेशमा अनि शान्त मानिने जापानमा पनि मुटु काप्ने घटनाहरु घटेको गल्कोट समाज जापानका संस्थापक तथा संरक्षक बेलुकाजी थापाले लेखेका छन् ।

मध्यरातिमा पनि घरबाट बाहिर र बाहिरबाट घर पुग्नलाई सुरक्षाका ‘सु’ सम्म पनि सोच्न नपर्ने देशमा मुटु काप्ने कयौं घटनाहरु देख्न र सुन्नु परेको थापाले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

स्कुल बस कुरेर लाइनमा बसेका १३ जना बालबालिका र ३ जवानमाथि मंगलबार भएको अन्धाधुन्ध चक्कु प्रहार तथा घटना घटाउने समेत तीनजनाको मृत्यु, जापानी जवानले आफ्नी आमालाई मारेर टाउको झोलामा बोकेर हिँडेको धेरैपहिलेको घटना, विद्यालयमा स-साना नानीहरुलाई चक्कु हान्दै भगाएर मारेको, दर्जन युवाहरुले सामुहिक आत्मदाह गरेको घटना, सामाजिक संजालबाट सुसाईड गर्न मन लागेकाहरुलाई आफ्नो कोठामा बोलाएर महिनौ लगाएर झन्डै दर्जन युवा युवतीको हत्या गरेको घटना लगायतका कैयौं घटनाहरु घटेको उनले उल्लेख गरेका छन् ।

मंगलबार सामाजिक संजालमा रहेका उनको भनाई जस्ताको तस्तै
…शान्त देशका मुटु कांप्ने घटनाहरु….

जापानमा मध्यराती पनि घरबाट बाहिर र बाहिरबाट घर पुग्नलाई सुरक्षाको सु सम्म सोच्नु पर्दैन । यो सत्य हो तर यै देशमा कल्पना गर्न नसकिने मुटु नै कांप्ने टाईपका कयौ घटना सुन्न देख्न पाईन्छ ।

-आज बिहान कानागावाको नोवोरीतो स्टेशनमा स्कुल बस कुरेर लाईनमा बसेका १३ जना बच्चाहरु र ३ जवान समेतलाई एकजना जापानीले अन्धाधुन्धा चक्कु हान्यो र आफुलाई पनि चक्कु हानेर ढल्यो । घटना घटाउने समेत ३ जना मरिसके ।

-धेरै पहिलेको घटना हो एकजना जापानी जवानले आफ्नो आमालाई मरेर टाउको काटेर मृत आमाको टाउको झोलामा बोकेर हिडेको बेला पक्राउ परे पछि किन टाउको बोकेर हिडेको भन्दा आमाको एकदम मायां लाग्छ भनेको घटना ।

-बिद्यालयका ससाना नानीहरुलाई चक्कु हान्दै भगाई भगाई नानी मारेका कयौ घटनाहरु छन् ।
-टोकियोको आकिहावाराको ब्यस्त सडकमा गाडीबाट झरेर मान्छेको भिडमा अन्धाघुन्दा चक्कु हानेको घटना र पक्राउ पछि सो व्यक्तिले जस्लाई पाए पनि मार्छु भनेरै मारेको घटना । (जुन घटना मेरै अँंखाले नजीकवाट देखे)

-मर्न ईच्छुक आधा दर्जन युवाहरु सामाजिक संजालमा चिनाजानी भई भ्यानमा चढेर जंगलमा पुगेर भ्यानमा बिषादी ग्यास छाडेर सामुहिक आत्मदाह गरेको घटना ।

-एकडेढ बर्ष पहिले होला एक जापानी युवकले सामाजिक संजालबाट सुसाईड गर्न मन लागेकाहरुलाई आफ्नो कोठामा बोलाई बोलाई महिनौ लगाएर झन्डै दर्जन युवा युवतीको हत्या गरेको घटना ।

माथीका केहि प्रतिनिधी घटनाहरुका प्रकृती सुन्दासम्म डर लागेर आउछ । फिल्मी शैलीका यस्ता घटनाहरुको कारण के होला खासमा ?

वि.सं.२०७६ जेठ १५ बुधवार १४:३६ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

पर्वतारोही पुरबहादुर गुरुङको अन्त्येष्टि

काठमाडौँ । पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमालमा अस्ताएका पर्वतारोही पुरबहादुर गुरुङ...

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

प्राथमिक पूँजी बजार सुधारका लागि धितोपत्र बोर्डले ल्यायो ‘श्वेतपत्र’, तीन चरणमा सुधार योजना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपालको प्राथमिक पूँजी बजारलाई गुणात्मक...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...