
१७ जेठ, काठमाडौँ । धान फल्ने विश्वकै अग्लो ठाउँ भनेर चिनिन्छ छुमचौर । पाताराशि गाउँपालिकाको यो गाउँमा काली मार्सी धान उत्पादन हुन्छ । यार्सा टिपेर र धान रोप्ने समय सँगसँगै पर्दा पछिल्लो समय खेत बाँझै रहन्थ्यो ।यसले काली मार्सी धानै लोप हुने अवस्था आयो । गाउँपालिकाले उपाय निकाल्यो–किसानका लागि प्रोत्साहन कार्यक्रम । एक दशकपछि यसपालि छुमचौर ज्युलो(–फाँट) मा काली मार्सी धान रोपिएको छ ।
धान खेतीमा धेरै मिहिनेत गर्नुपर्ने तर उत्पादन कम हुने भएकाले पनि किसानले रोपाइँ गर्न छोडेका थिए ।‘काली मार्सी धानमा असिनाको जोखिम र रोगको संक्रमण बढी हुन्छ’ स्थानीय रूपबहादुर महतराले भने, सिँचाइ अभावले पनि केही वर्ष धान रोप्न समस्या भयो ।’ विश्वकै अग्लो सथानमा धान फल्ने छुमचौर ज्युलोको इतिहास मेटिन लागेकाले गाउँपालिकाले नयाँ कार्यक्रम ल्याएको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढापालले बताए ।
शुक्रबारको कान्तिपुर पत्रिकाबाट
वि.सं.२०७६ जेठ १७ शुक्रवार ०७:३४ मा प्रकाशित