back

बुल्गेरियामा रादेभ राष्ट्रपतिमा निर्वाचित, मस्कोसँग निकट सम्बन्ध विस्तार हुने विश्वास

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

621 

shares
GLOBAL IME AD
NTC AD

३० कात्तिक, मस्को (रसिया) । मस्को निकट रुमेन रादेभ बुल्गेरियाको राष्ट्रपतिमा निर्वाचित हुनुभएपछि रसियाको प्रशासन केन्द्र क्रेमलिनले बुल्गेरियाका नवनिर्वाचित राष्ट्रपतिलाई सोमबार बधाई ज्ञापन गर्दै उहाँको सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेको छ ।

नयाँ राष्ट्रपतिको आगमनले दुई राष्ट्रबीचको सम्वन्ध थप विस्तार हुने बताउदै रसियाले बुल्गेरियालाई विशेष महत्वकासाथ हेर्ने गरेको, क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले सञचारकर्मीसँग बताउनुभएको छ ।

“हामीले आशा गरेका छौ कि नयाँ राष्ट्रपतिको आगमनपछि बुल्गेरियाका नयाँ कार्यक्रम आउनेछन् र दुई देशको सहकार्य प्रगाढ हुनेछ,” पेश्कोभले भन्नुभयो ।

समाजवादी प्रतिपक्षले समर्थन दिएका रादेभको निर्वाचन र प्रधानमन्त्री दक्षिणपन्थी झुकाव भएको दलले समर्थन गरेका राष्ट्रपति पराजयसँगै यहाँका प्रधानमन्त्रीले नयाँ सरकारको गठनका लागि बाटो खुला गर्दै प्रधानमन्त्रीबाट राजिनामा दिनुभएको छ ।

रादेभले पश्चिमी मुलुकको समर्थन पाएका शेस्का साचेभालाई ५९.४ प्रतिशत मतका विरुद्ध ३६.२ प्रतिशत मतले पराजित गरेको बुल्गेरियाले सोमबार जनाएको छ ।

स्लाभिक (इन्डो–यूरोपेली) मुलुक भएका नाताले यी दुई देशबीच गहिरो ऐतिहासिक र साँस्कृतिक सम्वन्ध रहेको छ । बुल्गेरिया रसियासँग ग्यास लगायतका इन्धनका लागि पनि अधिक निर्भर रहेको मुलुक हो ।
एएफपी

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०४:२६ मा प्रकाशित

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

युक्रेन युद्धविराम प्रयासमा पुटिनसँग वार्ता गर्दै ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२२ मा मस्कोले...

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

अमेरिका, इयु र जापानबाट प्लास्टिक आयातमा चीनले लगायो एन्टी-डम्पिङ शुल्क

  बेइजिङ । कथित डम्पिङमाथि गरिएको अनुसन्धानपछि चीनले सोमबार अमेरिका,...

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

भारतद्वारा बङ्गलादेशबाट स्थलमार्ग हुँदै आयात हुने सामानमा प्रतिबन्ध

नयाँदिल्ली । विदेश व्यापार महानिर्देशनालय (डीजीएफटी) द्वारा जारी एक निर्देशनपछि...

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु

गाजा सिटी । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक...

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर...

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

अमेरिकाको टेक्सास राज्य संसद्द्वारा ‘बुद्ध डे’ मनाउने प्रस्ताव पारित

टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले...