Logo
७ चैत्र २०७९, मंगलवार
     Tue Mar 21 2023
E-paper
  English Edition
   Unicode
Logo

इयू बेलायतले नयाँ मोडल ल्याउनुपर्छ स्लोभाकियाली प्रधानमन्त्री



३० कात्तिक, ब्राटिस्लाभार .स्लोभाकिया) । बेलायत र यूरोपेली युनियनबीच स्वीट्जरल्याण्ड र नर्वेसँग इयू सम्बन्धजसतो समबन्धले काम नगर्ने स्लोभकियाका प्रधानमन्त्री रोवर्ट फिकोले सोमबार बताउनुभएको छ ।

किलोले बेलायत इयूबाट बर्हिगमन गर्ने समय र यसपछिका दिनलाई मध्यनजर गर्दै दुई देशले विल्कुल नयाँ नमूनाको सम्बन्धलाई स्यापित गर्नुपर्ने बताउनुभएको हो ।

यूनियन अफियर्स अफ पार्लियामेन्ट्स अफ द यूरोपियन युनियनको संसदीय समितिको सम्मेलनलाई सम्बोधन गर्दै स्लोभाकियाली प्रधानमन्त्री फिकोले भन्नुभयो, “इयूले–बेलायतसँग स्वीट्जरल्याण्ड र नेर्वेसँग जस्तो सम्बन्धको नमूनालाई स्थापित गर्नु हुँदैन ।”

बेलायतसँगको सम्बन्ध विशेष खालको रहेकोले इयुले बेलायतसँग नयाँ किसिमको नमूनाको कल्पना गर्नुपर्ने उहाँको भनाइ थियो ।

बेलायतमा करिव ८० हजार स्लोभाकियाली र करिव १० लाख पोल्याण्डका नागरिक रहेका छन् ।

इयू–बेलायतसँग आक्रामक रुपमा प्रस्तुत हुन नहुने तर साह्रै सोझो भएर पनि काम नलाग्ने बताउँदै नयाँ सम्बन्धको नमूना बनाइदा होसियारी साथ प्रस्तुत हुन स्लोभाकियाली प्रधानमन्त्री फिकोको राय थियो । सिन्ह्वा


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक एवम् सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार भएको स्ववियु निर्वाचनको मतपरिणम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोकसेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट कोशी

गलेश्वर । चैतको सुरुवातसँगै झन्डै छ महिनापछि माटो भिज्नेगरी वर्षा हुँदा खुसी भएका म्याग्दीका

काठमाडौं । निरन्तर बढ्दै आएको सुनको भाउ आजको बजारमा भने प्रतितोला ७ सय रुपैयाँले