back
CTIZAN AD

जितेर पनि हारेकी हिलारी –बिश्व नै चकित

वि.सं.२०७३ कात्तिक ३० मंगलवार

1.6K 

shares

sunilmani-dahal

वाशिङ्टन डिसी । अमेरिकि राष्ट्रपतिय निर्बाचनमा रिपब्लिकन पार्टी का डोनाल्ड ट्रम्पको जीतले सन २०१६ मा गरिएका सबै अनुमान र बिस्लेषणलाई गलत साबित गरी अमेरिका जनता लगायत बिश्वलाई नै चकित बनाएको छ ।

आफ्नो प्रतिद्दन्दी डेमोक्रेटिक पार्टी बाट उम्मेदबार बनेकी हिलारी क्लिन्टनलाई हराउने रिपब्लिकन पार्टिका विवादास्पद उम्मेदवार डोनाल्ड ट्रम्पको रणनीति अन्तर्गत अमेरिकाको डेमोग्राफिकहरूको परिवर्तन गर्ने र आफ्नो प्रतिस्पर्धीको निलो पर्खाल भत्काउने रणनीतिले काम गरेको तथ्य यस निर्बाचनको परिणामले प्रष्ट पारेको छ ।

यो चुनावमा आंकलन गरिएका ठोस राज्यहरु र स्विङ राज्यहरु बाट अनुमान गरिएका भोटहरु हिलारीका लागी गलत साबित भए । बिस्लेषण गर्न प्रयोग भएका मोडेलहरु गलत साबित भए र अघिल्लो राष्ट्रपतिय निर्बाचनमा नजिकबाट बिस्लेषण गर्ने राजनीतिक पण्डितहरु गलत भए । अप्रत्याशित यस परिणामवाट राजनीतिक बिज्ञहरु आगामी हप्ता र महिनाभित्र कसरी र किन अमेरिकाको डेमोग्राफी परिवर्तन भयो भन्ने अध्ययनमा जुटदै छन ।

ट्रम्पको आफ्नो रणनीति अन्तर्गत स्वेत बर्ग, कामकाजी मध्यम वर्ग मतदाता, ग्रामीण क्षेत्रका मतदाता, कम पढेका देखि लिएर ओबामालाई समर्थन गर्ने अफ्रीकन अमेरिकन तथा धार्मिक पण्डितहरुको भारी समर्थनले ट्रम्पको विजय सुनिश्चित भएको पाइएको छ ।

सबैभन्दा महत्त्वपूर्ण कुराः ट्रम्पले डेमोक्रेटिकको आफ्नो पकड भएको भनिएको पेन्सलभेनिया, मिशिगन र विस्कन्सिन को “निलो पर्खाल” भत्क्याई आफ्नो पोल्टामा हाल्न सफल भए ।

यस चुनाबी मैदानमा ट्रम्पको गठबन्धनका सामु हिलारी फिक्का देखिईन् । कलेजका शिक्षित महिला तथा नयाँ ल्याटिनो मतदाताको समर्थनबाट ट्रम्प शक्तिलाई चुनौती दिन हिलारी असमर्थ भईन् । आश गरे अनुरुप अफ्रीकन अमेरिकनले समेत हिलारीलाई निरास बनाए । त्यस्तै, आफ्नो बर्चस्व रहेका ठोस राज्यहरुमा बढी समय केन्द्रीत हुँदा र स्थानीय मतदाताहरु सँग गठबन्दन गर्न नसक्दा ओबामाले बनाएका निला पर्खालहरु समेत ढले । निर्णायक मानिएका ११ वटा स्विङ स्टेटहरुमा समेत उनको क्याम्पेन रणनीति असफल भै आफ्नो उपस्थिती बलियो बनाउन नसक्नाले नै हिलारीको राष्ट्रपतिय गन्तब्यको ढोका बन्द भएको हो ।

डोनाल्ड ट्रम्पले ईलेक्ट्रोल भोट तर्फ उल्लेखनीय भोटले हिलारी लाई पछाडी पार्न सफल भए । तर, भोट दिने मतदाताहरुको व्यक्तिगत मतको गणना गर्ने हो भने (जसलाई लोकप्रिय मत भनिन्छ) जनताले हिलारीलाई नै जिताएका छन । यस प्रकार जनाताको लोकप्रिय मतले जितेर पनि अमेरिकाको संबिधानले ब्यबस्था गरे अनुरुपको निर्बाचन प्रणाली अनुसार हिलारी राष्ट्रपतिय निर्बाचनमा हारेकी हुन् ।

अमेरिकी ईतिहासमा लोकप्रिय मत प्राप्त गरी राष्ट्रपतिय निर्वाचन हार्नेमा सन् १८२४ मा एन्ड्रु ज्याक्सन, सन् १८७६ मा सामुयस टिल्डेन, सन् १८८८ मा ग्रोवर क्लिभरल्लेन्ड, सन् २००० मा एल गोर र सन् २०१६ मा हिलारी क्लिन्टन छन ।

यस अप्रत्यासित चुनाबी नतिजाले निरास भएका आफ्ना समर्थक हरुलाई सोमबार हिलारीले सान्त्वना दिदै भनीन् “हामी एक आपसा मा विश्वास कायम गरौं। हामीहरु थकित र चिन्तित नभनी देशका लागी सदा झै बिस्वासका साथ थप काम गरौं।”

वि.सं.२०७३ कात्तिक ३० मंगलवार ०४:०० मा प्रकाशित

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

संकट व्यवस्थापनमा न्यायालय र नेतृत्व

न्यायालय न्याय, समानता र स्वतन्त्रताको आधार हो।यसको सुदृढता बिना कुनै...

वाह ! मन्त्रीहरूको सम्पत्ति

वाह ! मन्त्रीहरूको सम्पत्ति

मन्त्रीहरूको सम्पत्ति सार्वजनिक भयो। जनताले फेरि एकपटक “मन्त्रीहरूको अर्थतन्त्र” को...

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

“सडक मानवमुक्त” अभियान दिगो पुनस्र्थापनाको चुनौती

चन्दा भुसाल, बुटवल । तिलोत्तमा नगरपालिकाले अघि सारेको “सडक मानवमुक्त”...

छिटोछरितो मुद्दा फर्छौटः नेतृत्वलाई चुनौती

छिटोछरितो मुद्दा फर्छौटः नेतृत्वलाई चुनौती

छिटोछरितो मुद्दाको फर्छौट न्यायिक प्रणालीको प्रभावकारीता मापन गर्ने महत्वपूर्ण आधार...

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

कृषि उपेक्षा र देखावटी विकासको वास्तविकता

नेपालका अधिकांश गाउँमा करिब ६० प्रतिशत जनताको जीवन निर्वाह कृषि...

आत्मविश्वासले मानिसलाई सफलतातिर डो¥याउँछ

आत्मविश्वासले मानिसलाई सफलतातिर डो¥याउँछ

आत्मविश्वास भनेको व्यक्तिको आफ्नै क्षमता, निर्णय र मूल्यमाआधारित यथार्थवादी विश्वास...