back
CTIZAN AD

अमेरिकाको भर्जिनियामा गोली लागी १३ को मृत्यु

वि.सं.२०७६ जेठ १८ शनिवार

726 

shares

(रासस/सिन्ह्वा) । अमेरिकाको भर्जिनिया राज्य अन्तर्गत पर्ने भर्जिनिया सामुद्रिक तटमा भएको गोली प्रहारसम्वन्धी घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ ।

ती शंकास्पद व्यक्तिले शुक्रबार मानिस धेरै भीड भएको ठाउँमा गोली प्रहार गरेको स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

सो घटनामा एक जनाको उपचारका लागि लाने क्रममा मृत्यु भएको छ भने अन्य चार जना गम्भीर घाइते भएको भर्जिनियाका स्थानीय प्रहरी प्रमुख जिम केर्भेराले जानकारी दिए ।

प्रहरीका अनुसार आक्रमणकारी लामो समयदेखि सार्वजनिक सेवासम्वन्धी काममा कार्यरत थिए । उनले अन्धाधुन्द गोली प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् ।

सो घटनामा हाते बन्दुक, राईफल प्रयोग गरेको सो आक्रमणमा नीजको परिचय भने खुलाएको छैन । “भर्जिनिया तटको इतिहासमा यो अहिलेसम्मकै दुःखद् घटना भएको हो,” स्थानीय मेयर बोब्बी ड्योरले भने । भर्जिनिया राज्यका गभर्नर राल्फ नर्थमले पनि वक्तव्य जारी गर्दै निर्मम् घटना भएको बताएका छन् ।

उनले शुक्रबार बेलुका भएको यो घटनालाई “विवेकहिन र अक्षम्य घटना”को संज्ञा दिएको समाचारमा जनाइएको छ ।

स्थानीय समयअनुसार शुक्रबार बेलुका चार बजेतिर घटना भएको हो । घटना भएको भर्जिनिया सामुद्रीक तट अन्त्यन्त ठूलो सहर र लोकप्रिय पर्यटकीय स्थल मानिन्छ ।

वि.सं.२०७६ जेठ १८ शनिवार १३:४० मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...