सामान्यतया नेपालजस्तो कुनै देशका आधारभूत रुपमा तीनवटा समस्या हुन्छन् ! ती हुन्– राष्ट्रियताको समस्या, जनतन्त्रको समस्या र जनजीविकाको समस्या ।
यी तीन समस्याहरु आपसमा जेलिएका छन्, एकले अर्कालाई प्रभाव पार्छन् र कुनै एउटा मात्र समस्या समाधान भएर मात्र अरु समस्याहरु हल हुन सक्तैनन् । त्यसैले यी तीन समस्या हाम्रा आधारभूत समस्या हुन् र यिनको समाधान पनि एकीकृत र केन्द्रीकृत रुपमै एकैसाथ खोज्नु पर्दछ ।
यी तीन समस्यामध्ये पनि भ्रष्टाचार सबभन्दा प्रमुख, निर्णायक, बहुआयामिक र सर्वाधिक प्रभावकारी एक भयानक समस्या हो । भ्रष्टाचार धेरै प्रकारका छन् । तीमध्ये मुख्य हुन्–चिन्तनगत भ्रष्टाचार, वैचारिक भ्रष्टाचार, नीतिगत भ्रष्टाचार, विधिगत भ्रष्टाचार, साँस्कृतिक भ्रष्टाचार र आर्थिक भ्रष्टाचार । यीमध्ये सैद्धान्तिक दृष्टिले चिन्तनगत भ्रष्टाचार मुख्य हो भने व्यावहारिक दृष्टिले आर्थिक भ्रष्टाचार मुख्य हो, जस्को सम्बन्ध र प्रभाव विभिन्न पक्षमा धेरै टाढासम्म पर्ने गर्दछ ।
अहिले पुँजीवादी अर्थात आर्थिक युग भएकोले आर्थिक भ्रष्टाचार यत्रतत्र–सर्वत्र व्याप्त छ र यो नै अरु सबै भ्रष्टाचारको शीर्ष, केन्द्र वा मूल स्थानमा रहेको छ । र, यही आर्थिक भ्रष्टाचारले नै अन्य सबै प्रकारका भ्रष्टाचारहरुलाई निर्धारण गर्दछ, प्रभाव पार्दछ, सिर्जना गर्दछ वा वृद्धि गर्दछ । यसरी हेर्दा भ्रष्टाचार एउटा यस्तो महारोग हो जस्ले व्यक्तिको, परिवारको, समुदायको, समाजको, संगठनको, सरकारको, शासनसत्ताको, अन्ततः स्वतन्त्र र स्वाभिमानी देशको र संसारको नै पूर्ववत गौरवशाली अस्तित्व र अस्मिता दुवै एकैसाथ समाप्त पार्दछ ।
यदी कुनै समूह, समुदाय, समाज, संगठन, सरकार वा शासनसत्तामा शक्तिशाली स्थानमा भएका कुनै शासक वा नेतृत्व–व्यक्तित्वको आर्थिक भ्रष्टाचार गर्ने नियत भयो भने अर्थात् उसमा चिन्तनगत विचलन वा भ्रष्टता बाहिरबाट आयो वा आफैभित्र जाग्यो भने उसले सर्वप्रथम स्वच्छता सम्बन्धी उसका पूर्ववत विचार, वाचा, विधि, व्यवहार र व्यक्तिहरुलाई क्रमश ः छोड्दै जान्छ र भ्रष्टाचारलाई बढावा दिने नियतले त्यस्ता नीति, निर्णय, नियम, निर्देशन र नेता नभएको भए निर्माण गर्न वा आयात गर्न र भएको भए “सदुपयोग, संरक्षण र सम्बर्द्धन ‘गर्न थाल्दछ अनि यो प्रकृयालाई अन्तिम हदसम्म नै पुर्याउँछ ।
भ्रष्टाचारलाई आजको संसारको सबैभन्दा ठूलो, बहुआयामिक, सर्वप्रभावकारी, अत्यन्त विकराल र चरम घातक समस्या वा महारोग हो । भ्रष्टाचारलाई अग्र, शीर्ष वा मूल समस्या पनि भन्न सकिन्छ र यसो भन्नुको अर्थ यो हो कि कुनै राष्ट्रका सबैजसो जल्दाबल्दा समस्याहरु यही आर्थिक भ्रष्टाचारसित सम्बन्धित, प्रभावित वा परिचालित भएका हुन्छन् । कुनै देशका राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समग्र समस्याको जडमा भ्रष्टाचार कसरी रहेको हुने रहेछ भन्ने हाम्रै सन्दर्भमा पनि हेरौं । उदाहरणको रुपमा अहिले देसमा चर्चामा रहेको सबभन्दा ठूलो मानिएको भ्रष्टाचार लअभिि मा भएको भ्रस्टाचार हो ! यो भ्रष्टाचारको बहुआयामिकता, सर्वप्रभावकारिता, प्रमुख निर्णयात्मकता र परम् विध्वंसात्मकता के, कति, कस्तो, कहाँ र कसरी पर्ने रहेछ भन्ने पनि हेरौं :
एनसेलले राजस्व छली वा ठगी गर्नुको मुख्य कारण उस्ले देशका राजनीतिक पार्टी र नेताहरुलाई अनि राज्यका शासक–प्रशासकहरुलाई सहयोगका नाममा घुस दिएकाले हो भन्ने छर्लङ्ग छ । सर्वोच्च शक्ति–व्यक्तिबाट घुस–सहयोग लेनदेन हुने यो भ्रष्टाचारको प्रकृयाले एकातिर अरु सबै व्यवसायीहरुलाई यसरी नै शक्तिशालीहरुलाई घुस–सहयोग लेनदेन गरी राजस्व छली–ठगी गर्ने मात्र होइन जनता, समाज र राष्ट्रलाई दिने सेवा–सुबिधा गुणस्तरहीन दिई आफ्ना व्यक्तिगत आयआर्जनमा अस्वाभाविक वृद्धि गर्ने बाटो लगाउँछ भने अर्का्तिर गुणस्तरहीन सेवा–सुविधाले जनधनमा ठूलो क्षति पुराउँछ । भ्रष्टाचारकै फलस्वरुप अस्वाभाविक मूल्य वृद्धि, कालाबजारी, लूटखसोट, चोरीचकारी र डकैती–गुण्डागर्दी आदिमा व्यापकता आउँछ भने अर्कातिर पार्टी र सरकारका संरचना र संचालक सबैलाई घुस्याहा–भ्रस्टाचारी बन्न लगाउँछ । यसरी पार्टी र राज्यका संरचना र संचालकहरु नै भ्रष्ट–घुस्याहा भए पछि पूरै देशमा पैसाको राजनीति चल्छ अर्थात पैसामा चुनावी टिकट खरिदविक्री गर्ने, पैसा खर्च गरेर चुनाव जित्ने र जितिसकेपछी पैसा दिनेका पक्षमा नीति–नियम र विधि–विधान निर्माण–निर्णय गर्ने÷(गराउने जस्ता घातक दुस्कर्महरु हुन्छन् । यसरी पूरै समाजमा न्याय–समानता, नीति–नैतिकता, मूल्य–मान्यता, पद्धती–प्रकृया, आस्था–निष्ठा, आदर्श–लक्ष्य जस्ता उच्च सामाजिक–राजनीतिक संस्कार–संस्कृती र सभ्यता पूरै ध्वस्त भै समाज सांस्कृतिक अधस्पतनमा जान्छ अनि पूर्ण विकृत र विसङ्गत बन्न पुग्दछ ।
यति मात्र होइन, जसरी पनि पैसा कमाउने भन्ने यो भ्रष्ट संस्कृतिले देशका नदीनाला, सीमानाका, बनजङ्गल, खनीजसम्पदा, अधिकार, अस्तित्व, अस्मिता, स्वत्व आदिसहित पूरै राष्ट्र, राष्ट्रियता, स्वाधीनता र स्वाभिमान सबै बिक्री गरेर पनि पैसा कुम्ल्याउने अनि पैसा भए अझै अन्याय, अत्याचार र हत्या–बलात्कार जे गरेपनी हुन्छ भन्ने मनोविज्ञान र विकृती बढ्छ, जो आज स्पष्टत : देखिइरहेको छ ।
यसक्रममा सकेसम्म राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर अर्थात् नागरिकता विधेयक, पार्टी र पत्रकारितामाथिको नियन्त्रण र निषेध अनि भ्रष्टाचारको विरोधमा संघर्षरत सबै शक्ति, संघसंस्था र व्यक्ति-व्यक्तित्वहरुले एउटा बृहत् संयुक्त मोर्चा बनाएर निर्णायक रुपमा संघर्ष गर्नु जरुरी छ । कथं संयुक्त मोर्चा बन्न-बनाउन नसके आआफ्ना अलग अलग मोर्चाबाट भ्रष्टाचार र भ्रष्टाचारीमाथी सबैले अहिले एकैसाथ प्रहार गर्नु आवश्यक छ ।
यसरी देशमा उपरोक्त विकृती, विसङ्गती र वेथिती बढ्दै जाँदा त्यसका विरुद्ध संघर्ष र आन्दोलन हुने, दमन–प्रतिरोध बढ्ने अनि हत्या–हिंसा समेत वृद्धि हुने हुन्छ । यसरी जनताका राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारहरु सीमित र कुन्ठित हुन पुग्छन् । यो स्थिती भनेको जनतन्त्र (म्झयअचबअथ) को समस्या बल्झनु र बढ्नु हो । ल्अभिि प्रकरणले गर्दा आज देश्मा ठिक यही गभीर र संवेदनशील अवस्था उत्पन्न भएको छ ! यस्तै, एनसेलको करभुक्तानीको यो मुद्दा विदेशी शक्ति–राष्ट्रसङ्ग पनि सम्बन्धित छ । उस्लाई चिढ्यायो भने एकातिर यसप्रकारका विदेशी कम्पनीहरुमा अविश्वास हुने र वैदेशिक लगानी देशमा न आएर विकास–निर्माणमा खराव असर पर्ने हुन्छ भने अर्कातिर हाम्रो अन्तराष्ट्रिय छवि धमिलिनुका साथै वैदेशिक हस्तक्षेप समेत बेहोर्नु पर्ने हुन सक्छ ! यसरी स्पष्ट छ कि एनसेलमा भएको भ्रष्टाचार स्वयंमा जनजीविका सँग प्रत्यक्ष सम्बन्धित विषय हुँदाहुदै पनि यसको प्रभाव र परिणाम जनतन्त्र र राष्ट्रियतासँग सम्बन्धित विषयमा समेत पर्ने निश्चित छ ! त्यसैले भनिएको हो कि भ्रस्टाचार नै आज हाम्रो देशको मुख्य भयानक समस्या हो ।
जब भ्रष्टाचार देशको मुख्य समस्या हो र यसबाटै अन्य जटिल र गम्भीर थप समस्याहरु जमन्छन् भने यसलाई पहिले, पूर्ण र प्रभावकारी प्रहार गर्नु पर्दछ । यसक्रममा सकेसम्म राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई लिएर अर्थात् नागरिकता विधेयक, पार्टी र पत्रकारितामाथिको नियन्त्रण र निषेध अनि भ्रष्टाचारको विरोधमा संघर्षरत सबै शक्ति, संघसंस्था र व्यक्ति–व्यक्तित्वहरुले एउटा बृहत् संयुक्त मोर्चा बनाएर निर्णायक रुपमा संघर्ष गर्नु जरुरी छ । कथं संयुक्त मोर्चा बन्न–बनाउन नसके आआफ्ना अलग अलग मोर्चाबाट भ्रष्टाचार र भ्रष्टाचारीमाथी सबैले अहिले एकैसाथ प्रहार गर्नु आवश्यक छ । यसरी प्रहार गर्दा प्रथम चरणमा हाम्रो लक्ष भ्रस्टाचार नियन्त्रण गरेर राज्य, पार्टी, नेता, शासक–प्रशासकहरु र तिनले गर्ने कामकाजहरुमा सुधार गर्ने नै हुनुपर्दछ भने दोस्रो चरणमा यसप्रकारको सुझाव–दवावमूलक संघर्षप्रति असहिष्णु र आक्रामक भएर राज्य र यसका कथित रक्षक–भक्षकहरु निर्मम र निर्णायक रुपमा प्रस्तुत भएर हस्तक्षेप, दमन र निषेध गर्ने हिसाबले आएमा त्यसको समुचित, समग्र र सशक्त जवाफ दिनको लागि पनि आन्दोलनकारीहरु तम्तयार हुनुपर्दछ । तर, यहाँनेर आन्दोलनबाट पैदा हुने अराजकता, अस्तव्यस्तता, अपृयता, अनिर्णय र अस्थिरताका बिचबाट प्रतिगमन र प्रतिक्रान्ति वा वैदेशिक हस्तक्षेप र राष्ट्र विखण्डन जस्ता खतराहरुप्रति भने आन्दोलनकारीहरु सतर्क रहनु जरुरी हुन्छ ताकी तावाको माछो भुङ्ग्रोमा नपरोस् !
राष्ट्रियता, जनतन्त्र, जनजीविकाका समस्या र समाधानबारे सही दृष्टिकोण
वि.सं.२०७६ जेठ १९ आइतवार १३:१३ मा प्रकाशित




























