back
CTIZAN AD

जनसम्पर्क समिति अमेरिकाले पनि जागरण अभियान सुरु गर्ने

वि.सं.२०७६ जेठ १९ आइतवार

900 

shares


नेपाली कांग्रेसको विदेशस्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले पनि जागरण अभियान सुरु गर्ने भएको छ । यही आउँदो जुन १५ तारीख २०१९ का दिन अमेरिकाको तिनवटा क्षेत्रमा एकैसाथ जनजागरण अभियानको कार्यक्रम गर्ने भएको हो ।

गत मे २९ तारीख २०१९ बुधबारको दिन संस्थाका सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको कन्फरेन्स बैठकले उक्त निर्णय गरेको हो ।
जागरण अभियानलाई प्रभावकारी ढंगले सफल बनाउँनका निमित्त संगठनले अमेरिकाको पूर्व क्षेत्रका निमित्त महासचिव मुनिन्द्र नेम्बाङलाई, दक्षिणी भेगमा उपसभापति चेतप्रसाद पौडेललाई र पश्चिम क्षेत्रका लागि उप(सभापति धर्म राज श्रेष्ठलाई केन्द्रीय प्रतिनिधीको रूपमा खटाएको छ ।

अमेरिकाको पूर्व क्षेत्रको न्यूयोर्क शहरमा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, दक्षिणी भेगको टेक्सासका लागि नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं संस्थाका सभापति आनन्द बिष्ट र पश्चिम क्षेत्रको क्यालिफोर्नियामा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रमुख अथिति रहने कुरा संस्थाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी गराएको छ ।

सो जनजागरण अभियानमा संस्थाका साधारण एवं कृयाशिल सदस्यहरू, शुभेच्छुक एवं शुभचिन्तकहरू, संस्थाको केन्द्र र च्याप्टरमा आबद्ध साथिहरू,अग्रजहरू एवं संस्थाका सल्लाहकारहरू, नेपाली काँग्रेसमा आस्थावान साथिहरू एवं लोकतन्त्र प्रेमी आम नेपालीहरूको सहभागिता रहने बताउँदै, नेम्बाङले यो अभीयानमा सबैलाई उपस्थितिको लागि आग्रह समेत गरेको छ । साथै यो कार्यक्रमलाई भव्यरूपमा सफल बनाउँनका निमित्त संस्थाका सबै सम्रचना र आस्थावान सबैलाई एकै साथ जागिदिन र आफुलाई पायक पर्ने ठाउँमा सहभागि भएर सहयोग गरिदिनहुन समेत नेपाली जससम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ ।

वि.सं.२०७६ जेठ १९ आइतवार १३:१७ मा प्रकाशित

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

धौलागिरी गाउँपालिका समाज अमेरिकाको अध्यक्षमा नवराज फगामी

अमेरिकामा रहेका धौलागिरी गाउँपालिकावासी नेपालीहरूलाई संगठित गर्दै धौलागिरी गाउँपालिका समाज...

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

एनआरएनएद्वारा उद्धार कोषमा एक करोड हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट...

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

उद्धार तथा राहतका लागि चौथो दिन पनि यसरी खटियाे फिल्डमा एनआरएनए

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

विपद्को अवस्थामा आलोचना होइन, सहयोग र सहकार्य गर्न एनआरएनए प्रवक्ता सोम सापकोटाको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोम सापकोटाले...

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

सिटी एक्सप्रेसमार्फत नेपाल पैसा पठाउँदा सेवा शुल्क नलाग्ने

काठमाडौं । सिटी एक्सप्रेसमार्फत विश्वका विभिन्न मुलुकबाट नेपाल पैसा पठाउँदा...