back

जनसम्पर्क समिति अमेरिकाले पनि जागरण अभियान सुरु गर्ने

वि.सं.२०७६ जेठ १९ आइतवार

384 

shares
GLOBAL IME AD
NTC AD


नेपाली कांग्रेसको विदेशस्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाले पनि जागरण अभियान सुरु गर्ने भएको छ । यही आउँदो जुन १५ तारीख २०१९ का दिन अमेरिकाको तिनवटा क्षेत्रमा एकैसाथ जनजागरण अभियानको कार्यक्रम गर्ने भएको हो ।

गत मे २९ तारीख २०१९ बुधबारको दिन संस्थाका सभापति आनन्द बिष्टको अध्यक्षतामा बसेको कन्फरेन्स बैठकले उक्त निर्णय गरेको हो ।
जागरण अभियानलाई प्रभावकारी ढंगले सफल बनाउँनका निमित्त संगठनले अमेरिकाको पूर्व क्षेत्रका निमित्त महासचिव मुनिन्द्र नेम्बाङलाई, दक्षिणी भेगमा उपसभापति चेतप्रसाद पौडेललाई र पश्चिम क्षेत्रका लागि उप(सभापति धर्म राज श्रेष्ठलाई केन्द्रीय प्रतिनिधीको रूपमा खटाएको छ ।

अमेरिकाको पूर्व क्षेत्रको न्यूयोर्क शहरमा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण कुमार गुरुङ, दक्षिणी भेगको टेक्सासका लागि नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं संस्थाका सभापति आनन्द बिष्ट र पश्चिम क्षेत्रको क्यालिफोर्नियामा हुने कार्यक्रमको लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल प्रमुख अथिति रहने कुरा संस्थाका महासचिव मुनिन्द्र नेम्बाङले जानकारी गराएको छ ।

सो जनजागरण अभियानमा संस्थाका साधारण एवं कृयाशिल सदस्यहरू, शुभेच्छुक एवं शुभचिन्तकहरू, संस्थाको केन्द्र र च्याप्टरमा आबद्ध साथिहरू,अग्रजहरू एवं संस्थाका सल्लाहकारहरू, नेपाली काँग्रेसमा आस्थावान साथिहरू एवं लोकतन्त्र प्रेमी आम नेपालीहरूको सहभागिता रहने बताउँदै, नेम्बाङले यो अभीयानमा सबैलाई उपस्थितिको लागि आग्रह समेत गरेको छ । साथै यो कार्यक्रमलाई भव्यरूपमा सफल बनाउँनका निमित्त संस्थाका सबै सम्रचना र आस्थावान सबैलाई एकै साथ जागिदिन र आफुलाई पायक पर्ने ठाउँमा सहभागि भएर सहयोग गरिदिनहुन समेत नेपाली जससम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ ।

वि.सं.२०७६ जेठ १९ आइतवार १३:१७ मा प्रकाशित

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

‘एनआरएनए’को महाधिवेशन तोकिएकै मितिमा हुन्छ : डा. घले

लिस्बन (पोर्चुगल) । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिका संयोजक...

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव -२०२५’

अष्ट्रेलियाको राजधानी क्यानबेरा ‘नेपाल महोत्सव -२०२५’

काठमाडौँ । अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित ‘नेपाल महोत्सव–२०२५’ सफलताका साथ...

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

जिपी कोईराला फाउन्डेशन अमेरीका च्याप्टरले यसरी सम्झियो गिरीजाबाबुलाई

उडसाईड न्युयोर्क। गिरीजाप्रसाद कोईराला फाउन्डेशन (जिपीके फाउन्डेशन) अमेरीका च्याप्टरले स्वर्गीय...

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

जनसम्पर्क समिति डेनमार्कद्वारा राजदूत तुलाधरको स्वागत

कोपनहेगन, डेनमार्क। जनसम्पर्क समिति डेनमार्कले डेनमार्कका लागि नवनियुक्त राजदूत सुम्निमा...

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोकमा ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा निर्मित वृतचित्रको भव्य प्रदर्शन

न्यूयोर्क । अमेरिकाको न्युयोर्कमा इतिहासकार स्व. ईमानसिङ्ग चेम्जोङ्गको जीवनीमा आधारित...

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

फिप्नाले १४८ औं लखन थापा स्मृति दिवस मनायो

न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा नेपालका...