back
CTIZAN AD

यार्सागुम्बाको चोरी निकासी रोक्न सामूहिक गस्ती शुरु

वि.सं.२०७६ जेठ २१ मंगलवार

867 

shares

 

२१ जेठ, दार्चुला । यार्सागुम्बाको चोरी निकासी रोक्नका लागि सुरक्षाकर्मी र गेमस्काउटको सामूहिक गस्ती शुरु गरिएको छ ।

जेठ दोस्रो साताबाट बहुमूल्य जडीबुटी यार्सागुम्बाको सङ्कलनको समय शुरु भएकाले त्यसको चोरी निकासी रोक्नका लागि दार्चुलाका यार्सागुम्बा पाइने पाटनमा सुरक्षाकर्मी र गेमस्काउटको गस्ती शुरु गरिएको हो ।

त्यहाँस्थित अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयले यार्सा पाइने पाटनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी कार्यालयका गेमस्काटउको गस्ती पठाएको जनाएको छ । अपि नाम्पा संरक्षण क्षेत्र यार्सागुम्बा बढी पाइने स्थान छ ।व्यास गाउँपालिकाको वडा नं १ को अपिनाम्पा फेद, वडा नं २ को दुधिवनलगायत यार्सा पाइने पाटनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती पठाइएको छ ।

यस्तै नेपाल प्रहरी १० दिनका लागि २३ प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक रवीन्द्र कठायतले जानकारी दिए । विगत वर्षमा पाटन खुल्नुुअगावै तस्करले यार्सागुम्बाको चोरी निकासी गर्ने गरेकाले त्यसलाई रोक्न गस्ती पठाइएको संरक्षण क्षेत्र कार्यालयले जनाएको छ ।

यो वर्ष अझै यार्सा पाइने पाटनमा भने हिउँ यथावत रहेको सङ्कलकले बताएका छन् । यो वर्ष पनि सङ्लकले यार्सागुम्बा सङ्कलन अनुमति नलिकनै लेकतिर प्रवेश गरेको बताइएको छ । जिल्लामा हरेक वर्ष दशौँ हजार सङ्लकहरु यार्सागुम्बा पाइने पाटनमा पुग्ने गरेका छन् ।

त्यहाँका बासिन्दाको मुख्य आयको स्रोत यार्सागुम्बा हो । यार्सागुम्बा सङ्कलनका लागि अहिले ग्रामीण बस्ती रित्याएर सङ्कलक पाटन पुगेका छन् । पाटनमा स्थानीय सङ्कलकको भरिभराउ छ भने बस्ती रित्तिएका छन् ।अपि हिमाल गाउँपालिकाका २१ तथा व्यास गाउँपलिकाका आठ विद्यालय यार्सागुम्बाको लागि बन्द भएका छन् ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १३:४७ मा प्रकाशित

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

प्रतिनिधिसभा बैठक सुरूः ढल्केबरमा ‘ट्रमा सेन्टर’ निर्माणबारे जवाफ माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको मधेस प्रदेशको ढल्केवरमा राष्ट्रियस्तरको ट्रमा...

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

कक्षा ८ पूरा गर्न नसकेका १३७ बालबालिकालाई वैकल्पिक शिक्षा

भद्रपुर (झापा) । कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका...

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

इन्ड्राइभ राइडरहरू आन्दोलितः उचित भाडादर र बीमा सुरक्षाको माग गर्दै कुपण्डोलमा प्रदर्शन

काठमाडौँ । राइड-सेयरिङ प्लेटफर्म इन्ड्राइभमा आबद्ध चालकहरू आफ्ना सेवा–सुविधा र...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...