back
CTIZAN AD

नाइजेरियामा २० आतङ्ककारीको मृत्यु

वि.सं.२०७६ जेठ २१ मंगलवार

795 

shares

२१ जेठ, लेगोस ।  नाइजेरिया, चाड, क्यामरुन र नाइजरका सेनाले गरेको संयुक्त कारबाहीमा कम्तीमा २० जना आतङ्ककारीको मृत्यु भएको नाइजेरियाली सैनिक प्रवक्ताले बताएका छन् ।

नाइजेरियाली सैनिक प्रवक्ता टिमोथी एन्टीघाले जारी गरिएको वक्तव्यमा आरिगे, माल्कोनोरी र टुमबुम रेगो क्षेत्रमा कारबाही गरिएको उल्लेख छ ।

लेक चाड क्षेत्रबाट इस्लामिक आतङ्कवादीलाई पूर्णरुपमा समाप्त पार्ने उद्देश्यले संयुक्त सैनिक कारबाही थालिएको प्रवक्ता एन्टीघाले बताए ।

इस्लामिक लडाकूसँगको भिडन्तका क्रममा गोली लागेर सेनातर्फ चार जना घाइते भएका थिए । संयुक्त सेनाले गत फेबुअरीमा पनि बोको हराम समूहमा आबद्ध लडाकूहरु बिरुद्ध संयुक्त सैनिक कारबाही गरेको थियो ।

वि.सं.२०७६ जेठ २१ मंगलवार १४:१९ मा प्रकाशित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...