
२३ जेठ, काठमाडौँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचीकृत बेरोजगारलाई रोजगारी दिन सुरु गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि पहिलो वर्ष सम्बन्धित स्थानीय तहमा सूचीकृत भएका बेरोजगारलाई ३० दिने रोजगार दिन सुरु गरेको हो ।
रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बुधबारदेखि बेरोजगारमा सूचीकृत भएका ३१६ जनालाई विभिन्न क्षेत्रमा ३० दिनको रोजगारी दिएको छ ।
श्रममन्त्री गोकर्णराज विष्टले यसैसाता आफैँ निर्वाचित भएको क्षेत्र गुल्मीको धुर्काेट गाउँपालिकाबाट औपचारिक रूपमै कार्यक्रम गरेर यसको सुरुवात गरिएको छ
। उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत उक्त गाउँपालिकामार्फत बेरोजगारमा सूचीकृत भएका १५० जनालाई ३० दिनको रोजगारी दिएर उक्त कार्यक्रम कार्यान्वयनको औपचारिक रूपमा शुभारम्भ गरेका हुन् ।
बिहीबारको गोरखापत्र दैनिकबाट
वि.सं.२०७६ जेठ २३ बिहीवार ०८:३४ मा प्रकाशित





























