back
CTIZAN AD

बेपत्ता चालक दलका सदस्यको खोजी कार्य तिब्र

वि.सं.२०७६ जेठ २३ बिहीवार

774 

shares

२३ जेठ, जाकार्ता । इन्डोनेसियाको मध्य सुलावेसी प्रान्तमा कार्गाे जहाज दुर्घटनामा परी बेपत्ता भएका चालक दलका १७ सदस्यको खोजी कार्यलाई विस्तृत बनाइएको इन्डोनेसियाको सरकारी स्रोतले बिहीबार जानकारी दिएको छ ।

गत शनिबार भएको यस घटना चालक दलका एक सदस्यलाई भारतीय जहाजले उद्धार गरेपछि मात्र खुलाशा भएको थियो । सो दुर्घटनामा परेका याकोब नामक एक चालक दलका सदस्यलाई मङ्गबार उद्धार गरिएको थियो ।

यस कार्गाे जहाजमा १८ व्यक्ति सवार रहेका र ती सबै चालक दलका सदस्य भएको जनाइएको छ । सो डुङ्गा बन्दरगाह शहर वितुङ्बाट उत्तरी सुलावेसी प्रान्तकोनजिकै मरोवाली शहरतर्फ गइरहेको थियो ।

चालक दलका सदस्य यसप्रकार हराइरहेका सुचना मङ्गलबार प्राप्त भएपछि उद्धारकार्य जारी शुरु भएको थियो । बिहीबार उद्धार कार्यलाई विस्तृत बनाइएको छ ।

इन्डोनेसियामा करिब १७ हजार ५०० सय द्वीपहरु रहेका र यस द्वीपमा यातायातको प्रमुख साधनको रुपमा डुङ्गा नै रहेको पाइन्छ ।

कतिपय अवस्थामा व्यक्तिहरुको सुरक्षामा कम ध्यान दिइएको र क्षमता भन्दा बढी यात्रु डुङ्गामा सवार हुने जस्ता कारणले दुर्घटाना हुने गरेको पाइन्छ ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १२:३७ मा प्रकाशित

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा...

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस । अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले...

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु

पेसावर (पाकिस्तान) । उत्तरी पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा प्रहरी चौकीमाथि...

रुसी आक्रमणमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा आठ जनाको मृत्यु

किएभ । रुसले बिहीबार बिहान युक्रेनका विभिन्न क्षेत्रमा गरेको व्यापक...

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

एआई डेटिङ एपबाट २६५ जोडीको विवाह

जापानमा घट्दो जन्मदर बढाउने प्रयासस्वरूप टोकियो महानगर सरकारले सञ्चालनमा ल्याएको...