back
CTIZAN AD

ऐनले चिकित्सा क्षेत्रमा रहेका विकृति हटाउँछ –मन्त्री पोखरेल

वि.सं.२०७६ जेठ २३ बिहीवार

681 

shares

२३ जेठ, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा ऐन २०७५ ले चिकित्सा शिक्षा र सेवामा रहेको विकृति हटाउने बताएको छ ।

चिकित्सा शिक्षा आयोगद्वारा यहाँ आज आयोजित राष्ट्रिय चिकित्सा ऐन, २०७५ अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दैै उनले ऐनले निजी चिकित्सा शिक्षाको क्षेत्रमा भएका विकृति अन्त्य गरी दुर्गम क्षेत्रमा शिक्षण संस्था स्थापनाका लागि पूँजी लगानीमा प्रोत्साहन गरेको धारणा व्यक्त गरे ।

मन्त्री पोखरेलले ऐन आउनुभन्दा अगाडि मापदण्डविना विदेशमा नेपाली विद्यार्थी चिकित्सा शिक्षा अध्ययन गर्न जाने गरेको र २० पल्टसम्म मेडिकल काउन्सिलले लिने परीक्षामा अनुत्रीर्ण हुने गरेको जानकारी दिँदै अहिले प्रवेश परीक्षा लिने प्रणाली शुरु भएपछि विगतमा एक हजार ५०० को सङ्ख्या घटेर ४०० विद्यार्थी पुगेको बताए ।

उनले अहिले चिकित्सा क्षेत्रमा अनुसन्धान आवश्यक रहेको र ऐनले सेवा, पठनपाठन र अनुसन्धानलाई मुख्यरुपमा जोड दिएको चर्चा गर्दै चिकित्सा सेवा मानवजीवनसँग गाँसिएको हुनाले सेवा प्रवाह गर्दा संदवेदनशील हुनुपर्ने बताए ।
उनले चिकित्सा क्षेत्रमा मागअनुसारको जनशक्ति उत्पादन हुनुपर्ने बताउँदै निजी क्षेत्रले उत्पादन गरेर मात्र हुँदैन त्यसको व्यवस्थापन पनि आवश्यक भएकाले ऐनले यसमा प्रभावकारी भूमिका खेल्ने छ भने ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले सरकारी अस्पतालमा तोकिएको समयसम्म कार्य नगर्ने चिकित्सकलाई ऐनले अनुगमन गरी कारवाही गर्ने प्रावधान रहेको बताए ।

जिल्ला समन्वय समिति मोरङका संयोजक नरेश पोखरेलले चिकित्सा क्षेत्रमा रहेका समस्या र विकृतिलाई ऐनले मर्यादित बनाउन सहयोग पुग्ने धारणा व्यक्त गरे ।

एकदिने गोष्ठीमा मोरङ, सुनसरी, झापा जिल्लाअन्तर्गत रहेका चिकित्सा अध्ययन संस्था, विभिन्न निजी तथा सरकारी अस्पताल, शिक्षण संस्थाका प्रमुख र प्रतिनिधिले ऐनको सफल कार्यान्वयनमा गर्नुपर्ने सुधारका विषयमा सुझाव दिएका थिए ।

वि.सं.२०७६ जेठ २३ बिहीवार १३:३६ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

राष्ट्र बैंक ऐनमा डिजिटल करेन्सी समेटिँदै, क्रिप्टोले पाएन स्थान

काठमाडौँ । नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...