back

एनआरएनए जर्मनीका महासचिवले क्षेत्रीय संयोजकलाई पठाए यस्तो पत्र

वि.सं.२०७६ जेठ २३ बिहीवार

387 

shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीका महासचिव टंक लम्सालले संघको युरोप क्षेत्रीय संयोजक शिव वरुवाललाई पत्र पठाएका छन् । उनले आउँदो आगामी अगष्ट ३– ४ ईटलीमा सम्पन्न हुन गैरहेको १३ औं युरोपियन क्षत्रीय बैठकका सन्दर्भमा सल्लाह सुझाव उल्लेख गरेका छन् । यस्ता बैठकहरु आवश्यक विषयमा जानु भन्दा पनि अनावश्यक रुपमा अरुको टिकाटिप्पणी र निर्वाचनहरुमा कसरी पद हात लगाउने भन्ने विषयमा खर्च हुने गरेको तर्फ ध्यानकर्षण गराउँदै आउँदो बैठकगा के विषयलाई मुख्य एजेण्डा बनाउने भन्ने बारे आफ्नो सुझाव प्रस्तुत गरेका छन् ।
उनी भन्छन् :

आदरणिय शिव बरुवालज्यू
क्षत्रीय संयोजक युरोप
एनआरएनए अन्तराष्ट्रीय समन्वय परिषद
नमस्कार
आगामी अगष्ट ३– ४ ईटलीमा सम्पन्न हुन गैरहेको १३ औं युरोपियन क्षत्रिय वैठक को संवन्धमा एनआरएन जर्मनीको गत २० मई वर्लिनमा वसेको वैठकमा समेत छलफल भएको आधारमा केहि कुरा राख्ने अनुमति चाहन्छु ।

आदरणिय संयोजकज्यु , हामिले विगत फ्रान्कफर्टको ११ औं क्षत्रिय वैठक तथा १२ औं लग्जम्वर्ग वैठक सम्म लाई मात्रै हेर्ने हो भने पनि हामीले युरोपको क्षत्रिय बैठक युरोप क्षत्रका आफ्ना एजेण्डा भन्दा पनि वढी नेपालका विभिन्न राजनितीक दलका नेता र आईसिसिका अग्रजहरुका लागी बढ़ी समय छुट्याएर आलोचित भएको अनुभव गरेका छौं । कि त भने हरेक बैठक त्यसपछि आउने अन्तर्राट्रिय समन्वय परिसदको निर्वाचनमा कसले कसरी बाजी मार्ने भन्ने विषयको प्रचार एवम् अभ्यास गर्न खोजेजस्तो महसूस गर्यौं । मलाई लाग्छ यहॉंलाई पनि यस्तै अनुभव भएको हुनुपर्छ ।

त्यसैले यसपटकको ईटलीमा हुने क्षेत्रिय वैठक कम्तिमा युरोप क्षेत्रका सवै एनसिसिहरुको आफ्ना पारस्परिक विषयमा वढि केन्द्रित होस भन्ने हेतुले, एन सिसि हरुको एजेन्डामा विशेस छलफल हुने गरि समय र राऊन्ड टेवल डिस्कसनको प्रवन्ध मिलाउनु हुन र नेपाल सरकारका प्रतिनिधि, राजनितीक दलका नेतागण र आईसिसिका कार्यक्रमलाई दोश्रो प्राथमिकतामा राख्नु हुन सुझाव सहित अनुरोध गर्दछु । यसका अलावा सवै एनसिसिका साथिहरुलाई पनि नविन एजेन्डासहित सहभागी हुन समेत आव्हान गर्दछु ।
धन्यवाद
टंक लम्साल
महासचिव
एन आर एन ए जर्मनी

वि.सं.२०७६ जेठ २३ बिहीवार १३:१३ मा प्रकाशित

Himalayan Life AD
रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग नर्वेको अन्तरक्रिया सम्पन्न

प्रेम परियार, नर्वे । प्रवास नेपाली सम्पर्क विभाग (राष्ट्रिय स्वतन्त्र...

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्युयोर्कमा मनाइयो बलिहाङ्

न्यूयोर्क । युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाको आयोजनामा न्यूयोर्कमा किराँत...

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

न्युर्योक पुग्यो नेपाली चलचित्र ‘मोहर’, जाने होइन त हेर्न ?

अमेरिका । प्रवासमा पनि नेपाली कला, सस्कृति र भाषालाइ प्रवर्धन...

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

टेक्सासमा चाडपर्वको शुभकामना आदान प्रदान

नेपाली विद्यार्थी समाज युनिभर्सिटी अफ टेक्सास एल पासोले अक्टोबर १८...

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

न्यूर्योकका नेपाली समाजसेवीको पहलमा निःशुल्क भोजन वितरण

  न्यूयोर्क – समाजसेवा र मानवीय सहयोगको सुन्दर उदाहरण प्रस्तुत...