back
CTIZAN AD

एनआरएनए जर्मनीका महासचिवले क्षेत्रीय संयोजकलाई पठाए यस्तो पत्र

वि.सं.२०७६ जेठ २३ बिहीवार

537 

shares

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीका महासचिव टंक लम्सालले संघको युरोप क्षेत्रीय संयोजक शिव वरुवाललाई पत्र पठाएका छन् । उनले आउँदो आगामी अगष्ट ३– ४ ईटलीमा सम्पन्न हुन गैरहेको १३ औं युरोपियन क्षत्रीय बैठकका सन्दर्भमा सल्लाह सुझाव उल्लेख गरेका छन् । यस्ता बैठकहरु आवश्यक विषयमा जानु भन्दा पनि अनावश्यक रुपमा अरुको टिकाटिप्पणी र निर्वाचनहरुमा कसरी पद हात लगाउने भन्ने विषयमा खर्च हुने गरेको तर्फ ध्यानकर्षण गराउँदै आउँदो बैठकगा के विषयलाई मुख्य एजेण्डा बनाउने भन्ने बारे आफ्नो सुझाव प्रस्तुत गरेका छन् ।
उनी भन्छन् :

आदरणिय शिव बरुवालज्यू
क्षत्रीय संयोजक युरोप
एनआरएनए अन्तराष्ट्रीय समन्वय परिषद
नमस्कार
आगामी अगष्ट ३– ४ ईटलीमा सम्पन्न हुन गैरहेको १३ औं युरोपियन क्षत्रिय वैठक को संवन्धमा एनआरएन जर्मनीको गत २० मई वर्लिनमा वसेको वैठकमा समेत छलफल भएको आधारमा केहि कुरा राख्ने अनुमति चाहन्छु ।

आदरणिय संयोजकज्यु , हामिले विगत फ्रान्कफर्टको ११ औं क्षत्रिय वैठक तथा १२ औं लग्जम्वर्ग वैठक सम्म लाई मात्रै हेर्ने हो भने पनि हामीले युरोपको क्षत्रिय बैठक युरोप क्षत्रका आफ्ना एजेण्डा भन्दा पनि वढी नेपालका विभिन्न राजनितीक दलका नेता र आईसिसिका अग्रजहरुका लागी बढ़ी समय छुट्याएर आलोचित भएको अनुभव गरेका छौं । कि त भने हरेक बैठक त्यसपछि आउने अन्तर्राट्रिय समन्वय परिसदको निर्वाचनमा कसले कसरी बाजी मार्ने भन्ने विषयको प्रचार एवम् अभ्यास गर्न खोजेजस्तो महसूस गर्यौं । मलाई लाग्छ यहॉंलाई पनि यस्तै अनुभव भएको हुनुपर्छ ।

त्यसैले यसपटकको ईटलीमा हुने क्षेत्रिय वैठक कम्तिमा युरोप क्षेत्रका सवै एनसिसिहरुको आफ्ना पारस्परिक विषयमा वढि केन्द्रित होस भन्ने हेतुले, एन सिसि हरुको एजेन्डामा विशेस छलफल हुने गरि समय र राऊन्ड टेवल डिस्कसनको प्रवन्ध मिलाउनु हुन र नेपाल सरकारका प्रतिनिधि, राजनितीक दलका नेतागण र आईसिसिका कार्यक्रमलाई दोश्रो प्राथमिकतामा राख्नु हुन सुझाव सहित अनुरोध गर्दछु । यसका अलावा सवै एनसिसिका साथिहरुलाई पनि नविन एजेन्डासहित सहभागी हुन समेत आव्हान गर्दछु ।
धन्यवाद
टंक लम्साल
महासचिव
एन आर एन ए जर्मनी

वि.सं.२०७६ जेठ २३ बिहीवार १३:१३ मा प्रकाशित

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइनामा ‘आरटीपी दशैं कप’ को तयारी सुरु

आरटीपी, नर्थ क्यारोलाइना । नर्थ क्यारोलाइनाको आरटीपी (Research Triangle Park)...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

मध्यपूर्वमा रहेका नेपालीलाई संयम अपनाउन राजदूतावासको आग्रह

काठमाडौं । कुवेतस्थित नेपाली राजदूतावासले मध्यपूर्व क्षेत्रमा बढ्दो सुरक्षा चुनौतीलाई...

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

एनआरएन ऐनलाई प्राथमिकताका साथ संसदमा लैजाने कानुनमन्त्री गौतमको प्रतिबद्धता

काठमाडौं। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमले गैरआवासीय...

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

गैरआवासीय नेपाली नागरिकता र अधिकारकाे कार्यान्वयनमा सरकार अघि बढ्ने

काठमाडौं । गैरआवासीय नेपाली (एनआरएन) का अधिकार, नागरिकता ऐनको प्रभावकारी...

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

ओएनएफ नर्वे टि-१० क्रिकेट रनिङ शिल्डको उपाधि हिमालयन भाइकिङलाइ

प्रेम परियार, नर्वे । प्रवासी नेपाली एकता मञ्च (ओएनएफ) नर्वेको...