back
CTIZAN AD

कविता : तैपनि कमरेड लालसलाम छ

वि.सं.२०७६ जेठ २७ सोमवार

975 

shares

कमरेड लाल सलाम छ
दाइ जय नेपाल छ
यो त मुखमा मात्र छ
भित्रभित्रै भुजा ज्युनार छ
आइसियोस छ, बक्सियोस छ
उहाँहरुको सबारी छ
आकाश, भुमी सब निषेध छ
पहिले भन्दा बढी भ्रष्टाचार छ
समाजमा बलात्कार छ
गैर न्यायीक हत्या र पक्राउ छ
राजनैतिक स्वतन्त्रता बन्देज छ
जतासुकै अत्याचार छ
सत्तामा फासिबाद छ
तैपनि कमरेड लालसलाम छ
अनि दाइ जयनेपाल छ
राजनैतिक नियुक्ती,राजदुत,समानुपातिक सांसद
सब बिक्रीमा छ
तर रेट फरकफरक छ
शासकहरुको समृद्धी छ
आसेपासेको खुसियाली छ
वैदेशिक प्रभुहरुको हैकम बढेकै छ
नाम मात्रका शासकहरुका ज्यु/हजुरी पनि बढेकै छ
हाम्रो देश नेपालमा
नब सामन्तहरुको जो राज छ
तर भन्नैपर्ने
कमरेड लालसलाम छ
दाइ जय नेपाल छ
भन त साथी
गणतन्त्र भन्ने कुरो
राजतन्त्र भन्दा के मानेमा असल छ ??
के मानेमा फरक छ ??

वि.सं.२०७६ जेठ २७ सोमवार ०८:५५ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

कविता : सखी

कविता : सखी

कल्पना अधिकारी,टोखा, काठमाडौँ साथ तिम्रो मिलेकैले जिएकी छु म कल्पना...

झिल्का कविता

झिल्का कविता

राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क - ३ , खाेटाङ १....

कविता : परमेश्वर हुन् बाबु र आमा

कविता : परमेश्वर हुन् बाबु र आमा

कविराज घिमिरे चाँगुनारायण , भक्तपुर तोय पिलाए ज्ञान दिलाए शैक्षिक...

कविता : सानो नमस्कार छ

कविता : सानो नमस्कार छ

हिरा भट्ट"बदमास नम्बर दुई" पञ्चेश्वर-६, बैतडी ढिस्कानो गुटको फलानु कविका...