back

माघभित्र सबै विद्यालयमा व्यवस्थापन समिति

वि.सं.२०७३ मंसिर १ बुधवार

573 

shares
IME Limited
NTC AD

१ मङ्सिर, काठमाडौँ । शिक्षा मन्त्रालयले शिक्षा ऐन (आठौँ संशोधन) बमोजिम आगाामी माघ मसान्तभित्र देशभरका सामुदायिक विद्यालयमा नयाँ व्यवस्थापन समिति अनिवार्य गठन गर्न निर्देशन दिएको छ ।

ऐनको दफा १२ बमोजिम विद्यमान व्यवस्थापन समितिको छनोट प्रक्रिया परिवर्तनसँगै अवधि सकिएको थियो । विगतमा समितिको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुने गरेकामा नयाँ व्यवस्थामा समितिका सदस्यमध्येबाट अध्यक्ष चयन हुनुपर्नेछ ।

कार्यकाल नपुगी पनि ऐनले आफूहरुलाई विघटन गराएको भन्दै केही व्यवस्थापन समितिबाट सर्वाेच्च अदालतमा परेको रिटमा यही कात्तिक ९ को आदेशबाट नयाँ व्यवस्थामा जान बाधा नमानिएकाले शिक्षा विभागले समिति पुनःगठन गर्न निर्देशन गरेको महानिर्देशक बाबुराम पौडेलले जानकारी दिनुभयो ।

माघभित्र समिति पुनःगठन नभए विद्यालयलाई तोकिएको अनुदान रोक्का हुने समेत विभागले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर १ बुधवार ०४:१५ मा प्रकाशित

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

नवराज सुवेदीले पनि दिए निर्वाचन आयोगमा उजुरी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन आयोगबाट हटाइएका...

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

राप्रपाको प्रवक्ताबाट हटाइएकाविरुद्ध उजुरी दिन लावती निर्वाचन अयोगमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रवक्ताबाट बर्खास्त भएका...

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

आदिकविले नेपालीलाई भाषा र भावनाको सेतुले जोड्नुभयो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्माले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा...

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

छाउगोठमा सुतेकी कमला दमाईको सर्पले टोकेर मृत्यु

काठमाडौं । कञ्चनपुरमा छाउपडी गोठमा सुतेकी एक महिलाको सर्पले डसेर...

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

राष्ट्रपतिबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ ।सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय...