back
CTIZAN AD

नामिबियामा महिलालाई राजनीतिक विषयमा प्रशिक्षण

वि.सं.२०७६ जेठ २७ सोमवार

618 

shares

२७ जेठ, विन्ढक ।  नामिबियामा हुन लागेको राष्ट्रपति निर्वाचनमा मतदान गर्न ४३ वर्षीया सेलिया काधिक्वा निकै व्यग्रताका साथ प्रतिक्षा गरिरहेकी छिन् ।

तेस्रो पटक मतदान गर्न लागेकी सेलियाले पहिलो पटक मतदानको आवश्यकता र अर्थ बुझ्न थालेकी हुन् । सेलियाझैं नामिबियाका हजारौं महिलाले यसपटक लैंगिक समानता र राजनीतिमा महिला सहभागिताको महत्वबारे बुझ्न तालिम लिइरहेका छन् ।

सेलियाले भनिन् – विगतमा खासै केही नबुझी त्यसै मतदान गरेर फर्किन्थें । अहिले मतदान र राजनीतिका बारेमा मेरो विचार भिन्न छ ।सन् २०३० भित्र दिगो विकासको लक्ष्य बमोजिम लैंगिक समानता हासिल गर्न नामिबियाले महिलाहरुलाई प्रशिक्षण दिइरहेको छ । “अब क्षेत्रीय परिषद निर्वाचनमा म पनि उम्मेदवार हुन सक्छु कि भन्ने आँट पलाएको छ,” सेलियाले ठट्यौली गर्दै भनिन् ।नामिबियाको राष्ट्रिय लैंगिक नीति दस्तावेजका अनुसार नामिबियाले राजनीतिक नेतृत्वमा महिलाको प्रतिनिधित्व गराउने सन्दर्भमा ठोस प्रगति गर्न सकेको छैन ।

अध्ययनहरुले नामिबियाको राष्ट्रिय परिषदमा महिलाको प्रतिनिधित्व पुरुषहरुको दाँजोमा ज्यादै न्यून रहेको देखाएका छन् । हाल, नामिबियाको क्षेत्रीय परिषदमा महिलाको प्रतिनिधित्व १४ प्रतिशत र मन्त्रिपरिषदमा २२ प्रतिशत मात्र छ ।महिला विकास कार्यसमूहका कार्यकारी निर्देशक सालाटियाल शिनेडिमाले तालिमको मुख्य उद्देश्य नै महिलालाई सीप र ज्ञानबाट सुसज्जित गर्नु रहेको बताइन् । मतदाता वा उम्मेदवार जुनसुकै अवस्थामा पनि महिलाको निर्णय क्षमता विकास गर्न आफ्नो संस्थाले देशैभर प्रशिक्षण चलाइरहेको उनले भनिन् ।

नामिबियास्थित राष्ट्रसंघीय कार्यालयका अनुसार शहरी क्षेत्रमाभन्दा ग्रामीण इलाकामा महिलाको अवस्था अझ कमजोर रहेको छ । महिलाले आफ्ना हक अधिकारको पूर्ण रुपमा उपयोग गर्न निकै कठिन रहेको अध्ययनले देखाएको छ ।

वि.सं.२०७६ जेठ २७ सोमवार १३:१५ मा प्रकाशित

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

स्पेनले गर्यो इरानमाथि अमेरिकी आक्रमणमा आफ्नो आधार प्रयोग अस्वीकार

म्याड्रिड । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड...

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

इरान युद्धसँगै भ्रामक सूचनाको बाढी

वासिङ्टन । इरानमा अमेरिका–इजरायलले सुरु गरेको सैन्य आक्रमणसँगै डिजिटल संसारमा...

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

आइएमएफद्वारा युक्रेनका लागि चार वर्षे वित्तपोषण कार्यक्रम स्वीकृत

किएभ ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले युक्रेनका लागि आठ...

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाजमा नगद रकम बोकेको सैन्य विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु

ला पाज- बोलिभियाको प्रशासनिक राजधानी ला पाज नजिकै नगद बोकेको...

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौंस्थित बङ्गलादेश दूतावासमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइयो

काठमाडौं । काठमाडौंस्थित बङ्गलादेश दूतावासमा महान शहीद दिवस तथा अन्तर्राष्ट्रिय...

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

क्यालिफोर्निया हिमपहिरो : आठ स्की खेलाडीको मृत्यु

लस एन्जलस । क्यालिफोर्नियाको ताहो क्षेत्रमा आएको भीषण हिमपहिरोमा बेपत्ता...