back
CTIZAN AD

यस्तो छ प्रहरीको सुरक्षित उपत्यकाको अवधारणा

वि.सं.२०७३ मंसिर २ बिहीवार

957 

shares

prahari-mahanagariya

२  मङ्सिर, काठमाडौँ । महानगरीय प्रहरी स्थापना भएको ११ वर्ष पुग्दा समेत यसको अवधारणाअनुरुप काम हुन सकेको छैन ।

स्थापना दिवसका अवसरमा बिहिबार आयोजित कार्यक्रमका वक्ताले महानगरीय प्रहरीको अवधारणाअनुरुप काठमाडौँ उपत्यकाका प्रहरीलाई अधिकार प्रदान गर्नुपर्नेमा जोड दिए । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले बढ्दो सहरीकरणसँगै सुरक्षासँग सम्बन्धित चुनौती सापेक्षित रुपमा बढेको बताउँदै यसको सामना गर्न महानगरीय प्रहरीलाई स्थापनाको उद्देश्य अनुरुप कानुनी अधिकार र संरचनामा ढाल्दै लैजान आवश्यक रहेकामा जोड दिनुभयो । महानगरीय प्रहरी ‘सुरक्षित उपत्यका’कोे अवधारणा ल्याई त्यसको कार्यान्वयनमा लागिरहेको जानकारी उहाँले दिनुभयो ।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीप रेग्मीले महानगरीय प्रहरीसँग सहकार्य गर्दै विभागले काम गरिरहेको बताउनुभयो । पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह रानाले यतिका वर्ष बित्दा समेत महानगरीय प्रहरीको अवधारणाअनुरुप यसले कार्य सञ्चालन गर्न नसक्नु बेठीक भएको टिप्पणी गर्नुभयो ।

सो अवसरमा काठमाडौँ महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख सनतकुमार थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, नेपाल बार एसोसिएसनका उपाध्यक्ष मोतीराज गौतम र  डा हरिहर वस्ती लगायतले उपत्यको सुरक्षा व्यवस्था सुदृढ गर्ने गरी काम गर्न प्रहरीलाई सुझाव दिनुभयो ।

काठमाडौँ उपत्यकामा आपराधिक घटनाको चुनौती बढ्दै गएपछि एक दशकभन्दा अघि हिजोकै दिन नेपाल प्रहरीले महानगरीय प्रहरी सेवाको अवधारणा ल्याउँदै थप अधिकारसहितको महानगरीय प्रहरी उपत्यकाको तीन जिल्लामा स्थापना गरेको थियो । अठार प्रभाग र ६२ वृत्तमार्फत उपत्यकाका जनतालाई नौ हजार २६ जनशक्ति तथा प्रहरी शक्तिले सेवा प्रदान गर्दै आएको बताइएको छ ।

कार्यक्रममा उपत्यकाका प्रहरी तथा ट्राफिक प्रहरीमा बसेर उत्कृष्ट सेवा गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार, पदक तथा प्रमाणपत्र वितरण गरियो । यस वर्ष उपत्यकामा प्रहरीले अपराध कार्यमा संलग्न सात हजार ७० जनालाई कानुनी दायरामा ल्याउनाका साथै  राजनीतिक दलहरुले सञ्चालन गरेका २०८ विरोधका कार्यक्रममा सुरक्षाकर्मी परिचालन तथा १९७  सवारीमा सुरक्षा योजना बनाएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार ०३:१३ मा प्रकाशित

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

एक हजार बढीले लिए हिमाल आरोहणको अनुमति, अमेरिका र चीनका आरोहि बढी

काठमाडौँ । सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर...

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आजको मौसम पूर्वानुमान, यी प्रदेशमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षात्को सम्भावना...

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

फ्लाई दुबईले पायो उडान अनुमति, अब पोखरा–दुबई दैनिक उडान हुने

राम थापा, गण्डकी । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान...

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...