
१ असार काठमाडौँ । आन्तरिक परीक्षामा अनुत्तीर्ण अयोग्य शिक्षकलाई सेवाबापत ८ अर्ब रूपैयाँ दिनुपर्ने भएको छ । बिदा हुने शिक्षकको व्यवस्थापनमा शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय जुटेको छ ।
विद्यालय शिक्षक किताबखानामार्फत असथायी शिक्षकलाई दिनुपर्ने रकम शिक्षा विकास तथा समन्वय इकाइमा पठाइनेछ । ‘झन्डै ४ अर्ब रुपैयाँ एक साताभित्र जिल्लामा पठाउँछौ’ किताबखानाका प्रवक्ता उपसचिव रवीन्द्र बुढाप्रितीले भने ।
शिक्षा तथा मानवस्रोत विकास केन्द्रले जिल्लाबाट आएको शिक्षकको विवरण निक्यौल गरी किताबखानाले रकम निकासाका लागि पठाउने गर्छ । केन्द्रका प्रवक्ता सहसचिव दीपक शर्माले आन्तरिक परीक्षामा अनुत्तीर्ण शिक्षकको विवरण पठाउन जिल्लालाई ताकेता गर्दा पनि सङ्ख्या नआएकोले समस्या भएको बताए । आइतबारको अन्नपूर्ण पोस्टबाट
वि.सं.२०७६ असार १ आइतवार ०७:३४ मा प्रकाशित




























