
३ असार, काठमाण्डौं । विद्यार्थी विदेश पठाउने विभिन्न शैक्षिक परामर्श केन्द्रहरुको बैंक खाता रोक्का गरिएको छ ।
पुतली सडकमा रहेका अधिकांश शैक्षिक परामर्श केन्द्रहरुको बैंक खाता करदाता कार्यालयले रोक्का गरेको हो ।
उनीहरुले विद्यार्थीबाट मनपरी शुल्क असुलेको र सरकारलाई करछली गरेको भन्दै करदाता कार्यालयले उनीहरुको बैंक खाता रोक्का गरेको समाचार मंगलबारको दृष्टि साप्ताहिकले लेखेको छ ।
खाता रोक्का हुनेहरुमा एबीसी माइग्रेसन, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस, मसी एजुकेशन, ल्याण्डमार्क एजुकेशन, कंगारु एजुकेशन फाउन्डेशन, अल्फाबिटा एजुकेशन, काठमाण्डौं इन्फोसिस, वेब इन्टरनशनलको बैंक खाता रोक्का गरिएको हो ।
त्यस्तै सनराईज एजुकेशन, डल्फिलन एजुकेशन र वेभ प्रमिश सर्भिसको पनि बैंक खाता रोक्का गरेको छ ।
वि.सं.२०७६ असार ३ मंगलवार १२:०३ मा प्रकाशित