back

अध्यापन अनुमति फारम भर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने उम्मेद्वारले यी कुराहरुमा ध्यान दिनुहोस्

वि.सं.२०७६ असार ३ मंगलवार

399 

shares
GLOBAL IME AD
NTC AD

३ असार, भक्तपुर । शिक्षकसेवा आयोगले लामो समयदेखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । माध्यामिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एकगरी विभिन्न ५ किसिमको विज्ञापन गरिएको हो ।

प्रावि र निमाविमा तालिम प्राप्त हुनुपर्ने र माविको हकमा भने तालिम प्राप्त र अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्नेछन् ।

माध्यामिक तहका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ सय पुर्णाङक सहित आयोगबाट स्वीकृत भएका पाठ्क्रमहरु मध्ये कुनै एक विषय नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित , अङ्ग्रेजी, कार्यालय संचालन र लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञानमा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीण गरी साविक उच्च माध्यामिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरुका लागि मात्र हो । भने माध्यामिक तहको अर्को विज्ञापनको लागि तालिम नभएपनि हुने व्यवस्था गरिएको छ । मान्यताप्राप्त शिक्षणसंस्थाबाट विज्ञान ,कमप्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित , अङ्ग्रेजी, कार्यालय संचालन र लेखा, कानुन, कृषि (वाली) विज्ञान र पशु विज्ञानमध्ये कुनै एक विषयमा कम्तीमा ३ सय पूर्णाङकसहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीण गरेका विद्यार्थीले यस परीक्षामा सहभागि हुन पाउनेछन् ।

त्यस्तै निम्नमाध्यामिक तहका लागि मान्यताप्राप्त शिक्षणसंस्थाबाट कम्तीमा २ सय पूर्णाङकसहित परीक्षा दिन चाहने कुनै एक विषय नेपाली, अङ्ग्रेजी, विज्ञान, सामाजिक गणित मा प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीण गरी शिक्षा विषयमा कम्तिमा १० महिना अवधिको तालिम लिएको हुनुपर्नेछ ।

प्राथमिक तहका लागि मान्यता प्राप्त शिक्षणसंस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीण गरी शिक्षा विषयमा कम्तिमा १० महिना अवधिको तालिम वा ४ सय पुर्णाङकको शिक्षा विषय लिई माध्यामिक शिक्षा परीक्षा उत्तीण गरेको हुनुपर्नेछ । लाईसेन्सका लागि असार २२ गते सम्म फारम भर्न सकिनेछ भने दोब्बर दस्तुर तिरी २९ गते सम्म फारम भर्न सकिनेछ ।

वि.सं.२०७६ असार ३ मंगलवार १२:४३ मा प्रकाशित

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुन सक्दैन : गृहमन्त्री

लुम्बिनी । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प निरङ्कुश व्यवस्था हुनै...

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

राजसंस्था फर्काउने आन्दोलनको कमाण्डरमा दुगा प्रसाईं

काठमाडौँ । राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिमा कमाण्डरको...

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर...

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

कुलमानको रिट निवेदन दर्ता, शुक्रवारदेखि प्रारम्भिक सुनुवाइ हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने...

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

प्रतिनिधिसभाको बैठक २ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि दिउँसो...

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका...