back
CTIZAN AD

अध्यापन अनुमति फारम भर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने उम्मेद्वारले यी कुराहरुमा ध्यान दिनुहोस्

वि.सं.२०७६ असार ३ मंगलवार

687 

shares

३ असार, भक्तपुर । शिक्षकसेवा आयोगले लामो समयदेखि रोकिएको शिक्षक लाईसेन्सको विज्ञापन खोलेको छ । माध्यामिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एकगरी विभिन्न ५ किसिमको विज्ञापन गरिएको हो ।

प्रावि र निमाविमा तालिम प्राप्त हुनुपर्ने र माविको हकमा भने तालिम प्राप्त र अप्राप्तले पनि लाईसेन्सको परीक्षामा सहभागिता जनाउन सक्नेछन् ।

माध्यामिक तहका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा ३ सय पुर्णाङक सहित आयोगबाट स्वीकृत भएका पाठ्क्रमहरु मध्ये कुनै एक विषय नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित , अङ्ग्रेजी, कार्यालय संचालन र लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञानमा स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीण गरी साविक उच्च माध्यामिक तहमा कार्यरत शिक्षकको हैसियतले अस्थायी अध्यापन अनुमतिपत्र लिइसकेका शिक्षकहरुका लागि मात्र हो । भने माध्यामिक तहको अर्को विज्ञापनको लागि तालिम नभएपनि हुने व्यवस्था गरिएको छ । मान्यताप्राप्त शिक्षणसंस्थाबाट विज्ञान ,कमप्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित , अङ्ग्रेजी, कार्यालय संचालन र लेखा, कानुन, कृषि (वाली) विज्ञान र पशु विज्ञानमध्ये कुनै एक विषयमा कम्तीमा ३ सय पूर्णाङकसहित स्नातक तह वा सो सरहको परीक्षा उत्तीण गरेका विद्यार्थीले यस परीक्षामा सहभागि हुन पाउनेछन् ।

त्यस्तै निम्नमाध्यामिक तहका लागि मान्यताप्राप्त शिक्षणसंस्थाबाट कम्तीमा २ सय पूर्णाङकसहित परीक्षा दिन चाहने कुनै एक विषय नेपाली, अङ्ग्रेजी, विज्ञान, सामाजिक गणित मा प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीण गरी शिक्षा विषयमा कम्तिमा १० महिना अवधिको तालिम लिएको हुनुपर्नेछ ।

प्राथमिक तहका लागि मान्यता प्राप्त शिक्षणसंस्थाबाट कम्तीमा प्रवीणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीण गरी शिक्षा विषयमा कम्तिमा १० महिना अवधिको तालिम वा ४ सय पुर्णाङकको शिक्षा विषय लिई माध्यामिक शिक्षा परीक्षा उत्तीण गरेको हुनुपर्नेछ । लाईसेन्सका लागि असार २२ गते सम्म फारम भर्न सकिनेछ भने दोब्बर दस्तुर तिरी २९ गते सम्म फारम भर्न सकिनेछ ।

वि.सं.२०७६ असार ३ मंगलवार १२:४३ मा प्रकाशित

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

एकद्वार सेवा प्रणाली लागू गर्न गृहको नौ बुँदे निर्देशन, के छ नौ बुँदामा ?

काठमाडौँ । गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा...