back
CTIZAN AD

इलान इन्टरनेसनलका सञ्चालक पक्राउ

वि.सं.२०७३ मंसिर २ बिहीवार

999 

shares

२ मङ्सिर,काठमाडौँ  । वैदेशिक रोजगारीका लागि ब्रुनाई पठाइदिने भनी ठगी गरेको अभियोगमा नयाँ बानेश्वरस्थित इलान इन्टरनेसनल प्रालिका सञ्चालक घनश्याम अर्याललाई प्रहरीले पक्राउ गरेको छ ।

आकर्षक तलब सहित बु्रनाई पठाइदिने भन्दै दीपकप्रसाद न्यौपाने समेत ३० जनाबाट करिब रु एक करोड ३० लाख उठाई सम्पर्कविहीन भएका अर्याललाई पीडितले दिएको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले बुधबार अनामनगरबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानबाट अर्यालले पीडितसँग रकम उठाउनका लागि नक्कली मागपत्र र प्रवेशाज्ञा कागजपत्र देखाई ठगी गरेको खुल्न आएको छ । गुल्मी, सिमीचौर गाविस स्थायी घर भएका अर्याललाई ठगी मुद्दामा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँमा पठाइएको छ । रासस

वि.सं.२०७३ मंसिर २ बिहीवार १५:१९ मा प्रकाशित

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

धनुषा–१ मा उम्मेदवारी खारेजविरुद्ध किशोरी साहको रिटमा सुनुवाइ सकियो

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धनुषा–१ मा उम्मेदवारी खारेज भएपछि...

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

निर्वाचनपछि संसद् बैठकको तयारी : नयाँ सांसदको शपथ र सभामुख चयन गरिने

  काठमाडौं  । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य...

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

समानुपातिकतर्फ एक करोड सात लाख मत गणना

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात...