back
CTIZAN AD

मिशन डेभलपमेन्ट बैंकमा जागिर खुल्यो, दिने होइनत दरखास्त ?

वि.सं.२०७६ असार ८ आइतवार

1.1K 

shares

८ असार, काठमाण्डौं । बुटवलमा प्रधान कार्यालय रहेको मिशन डेभलपमेन्ट बैंकले केही जुनियर अधिकृत, केही प्रमुख सहायक, केही जुनियर सहायक र ड्राइभरको भ्याकेन्सी खुलाएको छ ।

अधिकृतका लागि मास्टर्स वा व्याचलर्स गरी कम्तिमा ३ वर्षको अनुभव भएका प्रमुख सहायककाका लागि व्याचलर्स वा प्लस टु गरी २ वर्षको अनुभव भएका तथा जुनीयर सहायकका लागि कम्तिमा प्लस टु उत्र्तिण गरेको हुनुपर्ने तथा ड्राइभरका लागि पढ्न लेख्न जान्ने र ड्राइभिङ लाइसेन्स भएका र अफिस पछाडि पनि समय दिन सक्ने भनि किटान गरिएको छ । योग्यता पुगेका इच्छुक उम्मेदवारले ७ जुलाई २०१९ भित्र बैंकको मानव शंसाधन विभाग प्रधान कार्यालय दुर्गा मन्दिर लाइन, बुटवलमा दरखास्त पेश गर्न सकिने जनाएको छ ।

यसैगरी जनज्योती बहुमुखी क्याम्पस सर्लाहीले व्यवस्थापन संकायतर्फको उपप्राध्यापक पदमा कम्तिमा द्धितीय श्रेणीमा स्नाकोत्तर गरेको व्यक्ति आवेदक बन्न पाउने गरी सूचना प्रकाशित गरेको छ । लिखित, अन्तवार्ता र कक्षा अवलोकन समेत गराइ नियुक्ति गरिने सूचना सार्वजनिक गरेको सो क्याम्पसले ९८५४०४३३३३ तथा ०४६५०१४३६ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

वि.सं.२०७६ असार ८ आइतवार ११:२६ मा प्रकाशित

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती विश्वविद्यालयले गर्यो परीक्षा सकिएको सातौँ दिनमा परीक्षाफल

बागमती । बागमती विश्वविद्यालयले विश्वविद्यलायअन्तर्गत सञ्चालित तीनवटा सङ्कायको पहिलो सेमेष्टरको...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...