back
CTIZAN AD

कर्णाली प्रदेशले कृषकको जीवनस्तरमा सुधार ल्याउने

वि.सं.२०७६ असार १९ बिहीवार

1.8K 

shares

१९ असार, सुर्खेत । कर्णाली प्रदेशमा झण्डै रु सात अर्बको कृषि क्षेत्र विकास कार्यक्रम शुरु भएको छ । कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (आइफाड) को सहयोगमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषकको जीवनस्तरमा सुधार ल्याउन कार्यक्रम सञ्चालन गरेको हो ।

कर्णाली प्रदेश मात्र सञ्चालन गरिएको यो कर्णालीकै सबैभन्दा ठूलो कृषि परियोजना हो । कार्यक्रम संयोजक राजेन्द्रप्रसाद मिश्रले यसअघि सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, कालीकोट, जुम्ला र अछाम जिल्लामा सञ्चालित उच्च मूल्य कृषि वस्तु विकास आयोजनाको सफलतामा टेकेर कृषि क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको बताए ।

सडक पहुँच पुगेका कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, जुम्ला, सल्यान, जाजरकोट र पश्चिम रुकुममा शुरु भइसेकेको तथा हुम्ला र डोल्पा जिल्लामा दुई वर्षपछि सञ्चालन गरिने कार्यक्रम संयोजक मिश्रले जानकारी दिनुभयो ।

कार्यक्रमसम्बन्धी परिचयात्मक गोष्ठीलाई सम्बोधन गर्दै भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीका विपन्न कृषकको आयस्तरमा वृद्धि गर्न कार्यक्रम सफल हुने अपेक्षा व्यक्त गरे । “कार्यक्रमले मन्त्रालयका नीति तथा कार्यक्रमभित्र रहेर कृषि क्षेत्रको पूर्वाधार विकासमा सहयोग गर्नेछ”, उनले भने । प्रदेशको कृषि क्षेत्रको विकासमा कार्यक्रम कोशेढुङ्गा साबित हुने उनको भनाइ थियो ।

छ वर्षसम्म सञ्चालन हुने कार्यक्रमबाट ३५ हजार प्रत्यक्ष र त्यति नै सङ्ख्यामा अप्रत्यक्ष गरी करीब ७० हजार घरपरिवार लाभान्वित हुने बताइएको छ । सडक क्षेत्रमा केन्द्रित भई कृषि उत्पादनमा वृद्धि गरी विपन्न कृषकको जीवनस्तरमा सुधार ल्याउने कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रमले आलु, मह, स्याउ, बेमौसमी तरकारी, अदुवा, बेसार, टिमुर, ओखर, पम्परागत बाली सिमी, चिनो, कागुनो, कोदो, फापर गरी ११ मूल्य शृङ्खलालाई समेटेको छ । उक्त मूल्य शृङ्खलाअन्तर्गत रहेर किसानले कार्यक्रमबाट लाभ पाउनेछन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहत सञ्चालित कार्यक्रमले प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा पकेट क्षेत्र, बाली र वस्तु विकासका क्रियाकलाप सञ्चालन गरिनेछन् । प्रदेशस्तरमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिवको संयोजकत्वमा प्राविधिक परामर्श समूह गठन गरिनेछ ।

वि.सं.२०७६ असार १९ बिहीवार १२:४५ मा प्रकाशित

कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

कर्णाली सरकारद्वारा छ दिन थप सार्वजनिक बिदा दिने निर्णय

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा छ...

नराकोट-हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

नराकोट-हाटसिंजा सडक स्तरोन्नति गर्न स्रोत सुनिश्चित

जुम्ला । यहाँको सिंजा गाउँपालिकाको नराकोटदेखि कनका सुन्दरीको हाटसिंजासम्म निर्माणाधीन...

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ

कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले कामको प्रलोभन देखाइ पैसा...

गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…

गुडिरहेको एम्बुलेन्सभित्रै चिकित्सकले उपचार गरेपछि…

दैलेख । दुर्गम भेगका सरकारी अस्पतालमा चिकित्सक नै जान नमान्ने...

कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए

कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको...