back

स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण

वि.सं.२०७६ असार १९ बिहीवार

1.2K 

shares

१९ असार, काभ्रे । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ माझीफेदास्थित विसं २०७२ को भूकम्पले क्षति पु¥याएको स्वास्थ्यचौकी भवन निर्माणकार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।

स्वीस सरकारको सहयोगमा तेरे दे होम (टिडिएक)को आयोजना तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को प्राविधिक सहयोगमा निर्माण सम्पन्न भई बुधबार नेपाल सरकार प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल र नेपालका लागि स्वीस राजदूत श्रीमती एलिजावेथ भोन कपेलरले संयुक्तरूपमा उद्घाटन गरी स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तारण गरिएको हो ।

सो अवसरमा मन्त्री दुलालले भौतिक सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण भएकामा खुशी व्यक्त गर्दै त्यसलाई सही ढङ्गले प्रयोग र उपयोग गर्न सुझाव दिए । उनले नेपाल समाजवादोन्मुख राष्ट्र निर्माणको चरणमा अगाडि बढिरहेको अवस्थामा स्वास्थ्य राज्यको दायित्वभित्र गइसकेको अवस्थामा त्यसको सम्पूर्ण जिम्मा राज्यले लिने भएकाले निर्माण भएको भवन र त्यसबाट सबै नागरिकले समानरुपमा पाउने उचित सेवामा कुनै कमी आउन नदिने बताए । “यो तपाईं÷हामी सबैले गरेको परिवर्तनबाट निर्माण गरेको संविधानले व्यवस्था गरी सुनिश्चित गरेको हाम्रो अधिकार हो”, उनले भने, “भवन र यहाँबाट उपलब्ध हुने सेवामा नागरिकहरुलाई निःशुल्क आधारभूत गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने छौँ ।” प्रदेश सरकार र स्थानीय सरकारको वडा सरकार त्यसमा कटिबद्ध भएर लाग्न उनले आग्रहसमेत गरे ।

त्यससँगै अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति र औषधि उपचारको व्यवस्थापनको जिम्मा स्थानीय सरकारले गर्ने बताए । नेपालका लागि स्वीस राजदूत कपेलरले निर्माण सम्पन्न स्वास्थ्यचौकी भवनबाट राम्रो सेवा लिन पाउनेमा आशावादी भएको बताए ।

विगत ६० वर्षको दौरानदेखि स्वीट्जरल्याण्ड सरकारले विभिन्न क्षेत्रमा एउटा असल मित्रको रूपमा सहयोग गर्दै आइरहेको स्मरण गराउँदै उनले विनाशकारी भूकम्पपश्चात पुनःनिर्माणमा सहयोग गर्दै आएको र त्यही अनुरुप भूकम्पले क्षति पु¥याएको माझीफेदाको स्वास्थ्यचौकी वन निर्माणमा सहयोग पु¥याएको बताए ।

चौरीदेउराली गाउँपालिका अध्यक्ष दीननाथ गौतमले सुविधासम्पन्न भवनबाट नागरिकलाई प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने गरी सेवा प्रवाह गर्ने बताए । भूकम्पले क्षति पुगी निर्माण भएको स्वास्थ्यचौकी भवन रु एक करोड ४० लाखमा दुईतले छ कोठा रहेको छ ।

प्रसूति सेवासमेत दिने गरी त्यसका लागि आवश्यक उपकरणसमेत उपलब्ध गराउनुका साथै पानी र फोहर व्यवस्थापन स्वास्थ्यचौकी परिसरभित्र हुने खालको सुविधासहितको भवन निर्माण गरिएको छ ।

वि.सं.२०७६ असार १९ बिहीवार १२:४१ मा प्रकाशित

Himalayan Life AD
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी अन्तिम चरणमा

काठमाडौँ । मङ्सिरस् प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा...

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

एनपिएल दोस्रो संस्करणः उद्घाटन खेलमा काठमान्डु गोर्खाजले जनकपुर बोल्टस्विरुद्ध फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको उद्घाटन...

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागमती । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा...

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

‘पकेट’ क्षेत्रमै सुन्तलाका बोट सुकेपछि …

पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा विकास गरिएको पर्वतको...

बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...