back
CTIZAN AD

स्वास्थ्यचौकी भवन समुदायलाई हस्तान्तरण

वि.सं.२०७६ असार १९ बिहीवार

1.5K 

shares

१९ असार, काभ्रे । काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ माझीफेदास्थित विसं २०७२ को भूकम्पले क्षति पु¥याएको स्वास्थ्यचौकी भवन निर्माणकार्य सम्पन्न गरी समुदायलाई हस्तान्तरण गरिएको छ ।

स्वीस सरकारको सहयोगमा तेरे दे होम (टिडिएक)को आयोजना तथा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) को प्राविधिक सहयोगमा निर्माण सम्पन्न भई बुधबार नेपाल सरकार प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल र नेपालका लागि स्वीस राजदूत श्रीमती एलिजावेथ भोन कपेलरले संयुक्तरूपमा उद्घाटन गरी स्वास्थ्यचौकी व्यवस्थापन समितिलाई हस्तारण गरिएको हो ।

सो अवसरमा मन्त्री दुलालले भौतिक सुविधासम्पन्न भवन निर्माण गरी हस्तान्तरण भएकामा खुशी व्यक्त गर्दै त्यसलाई सही ढङ्गले प्रयोग र उपयोग गर्न सुझाव दिए । उनले नेपाल समाजवादोन्मुख राष्ट्र निर्माणको चरणमा अगाडि बढिरहेको अवस्थामा स्वास्थ्य राज्यको दायित्वभित्र गइसकेको अवस्थामा त्यसको सम्पूर्ण जिम्मा राज्यले लिने भएकाले निर्माण भएको भवन र त्यसबाट सबै नागरिकले समानरुपमा पाउने उचित सेवामा कुनै कमी आउन नदिने बताए । “यो तपाईं÷हामी सबैले गरेको परिवर्तनबाट निर्माण गरेको संविधानले व्यवस्था गरी सुनिश्चित गरेको हाम्रो अधिकार हो”, उनले भने, “भवन र यहाँबाट उपलब्ध हुने सेवामा नागरिकहरुलाई निःशुल्क आधारभूत गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने छौँ ।” प्रदेश सरकार र स्थानीय सरकारको वडा सरकार त्यसमा कटिबद्ध भएर लाग्न उनले आग्रहसमेत गरे ।

त्यससँगै अस्पतालका लागि आवश्यक उपकरण, जनशक्ति र औषधि उपचारको व्यवस्थापनको जिम्मा स्थानीय सरकारले गर्ने बताए । नेपालका लागि स्वीस राजदूत कपेलरले निर्माण सम्पन्न स्वास्थ्यचौकी भवनबाट राम्रो सेवा लिन पाउनेमा आशावादी भएको बताए ।

विगत ६० वर्षको दौरानदेखि स्वीट्जरल्याण्ड सरकारले विभिन्न क्षेत्रमा एउटा असल मित्रको रूपमा सहयोग गर्दै आइरहेको स्मरण गराउँदै उनले विनाशकारी भूकम्पपश्चात पुनःनिर्माणमा सहयोग गर्दै आएको र त्यही अनुरुप भूकम्पले क्षति पु¥याएको माझीफेदाको स्वास्थ्यचौकी वन निर्माणमा सहयोग पु¥याएको बताए ।

चौरीदेउराली गाउँपालिका अध्यक्ष दीननाथ गौतमले सुविधासम्पन्न भवनबाट नागरिकलाई प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने गरी सेवा प्रवाह गर्ने बताए । भूकम्पले क्षति पुगी निर्माण भएको स्वास्थ्यचौकी भवन रु एक करोड ४० लाखमा दुईतले छ कोठा रहेको छ ।

प्रसूति सेवासमेत दिने गरी त्यसका लागि आवश्यक उपकरणसमेत उपलब्ध गराउनुका साथै पानी र फोहर व्यवस्थापन स्वास्थ्यचौकी परिसरभित्र हुने खालको सुविधासहितको भवन निर्माण गरिएको छ ।

वि.सं.२०७६ असार १९ बिहीवार १२:४१ मा प्रकाशित

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत...