back

डेङ्गुबाट एक बालिकाको मृत्यु, ६५३ मा सङ्क्रमण

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

459 

shares
GLOBAL IME AD
NTC AD

३ मङ्सिर,रत्ननगर (चितवन) । चितवनमा डेङ्गु रोगबाट एक बालिकाको ज्यान गएको छ । नेपालमै सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण देखिएको चितवनमा यो आर्थिक वर्ष लागेपछि डेंगुबाट मृत्यु भएको यो पहिलो हो ।

पूर्वी चितवनको खैरहनी नगरपालिकाकी ११ वर्षीया बालिकाको डेङ्गुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएको कात्तिक ३० गते मृत्यु भएपनि जनस्वास्थ्य कार्यालय चितवनले मङ्सिर २ गते बिहीबार मात्रै पुष्टि गरेको हो । केसीले दिएको जानकारीअनुसार चितवनको रत्ननगर र खैरहनी क्षेत्रमा यो वर्ष डेङ्गु सङ्क्रमण प्रकोपका रुपमा बढ्दो छ । चितवनमा यो वर्ष गएको भदौ पहिलो सातादेखि डेङ्गु रोगको प्रकोप फैलिएको थियो ।

जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले अहिलेसम्म डेङ्गुबाट चितवनमा ६ सय ५३ जना बिरामी फेला परेको जानकारी दिनुभयो । केही बिरामी बाहिरी जिल्लाका भए पनि अधिकांश चितवनका छन् । चितवनको पनि रत्ननगरका स्थानीयवासी बढी प्रभावित छन् ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु रोग सर्छ । यो लामखुट्टे कुनै पनि भाँडोमा जमेको सफा पानीमा फुल पार्ने भएकाले यसरी पानी जम्न दिन नहुने चिकित्सक डा भोजराज अधिकारी बताउनुहुन्छ ।

कडा ज्वरो आउने ज्यान दुख्ने, ठाउँठाउँमा बिमिरा देखिने तथा टाउको दुख्ने यसका लक्षण हुन् । डेङ्गुको खास उपचार छैन । लक्षण हेरेर चिकित्सकको निगरानीमा उपचार गराउँदा निको हुन्छ । झोलिलो पदार्थ खाने, आराम गरेर चिकित्सकको निगरानीमा औषधि लिँदा एक साताभित्रमा रोग निको हुने भएपनि लापरबाही गरेर मेडिकलबाट जथाभावी औषधि लिँदा जटिल भएर मानिसको ज्यान जान सक्ने चिकित्सकले बताएका छन् ।

जिल्लामा डेङ्गु फैलिएपछि अहिले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ भने भदौयता दुईपटक रोग सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइसकिएको छ । जाडो सुरु भएसँगै सङ्क्रमण दरमा केही न्यूनीकरण आएको तर जोखिम नघटेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यो रोग लागेपछि मानिसको शरीरमा प्लेटलेटको मात्रा घट्दै जान्छ ।

रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले अहिले डेङ्गु रोग केही मात्रामा घटेको बताउनुभयो । चितवनमा २०६७ सालमा डेङ्गुको महामारी हुँदा सातसय ३९ जनामा सङ्क्रमण भएको थियो भने पाँचजनाको मृत्यु भएको थियो ।

विसं २०६९ सालमा पनि एकजनाको मृत्यु भएको थियो । अहिले पनि सङ्क्रमणदर झन्डै सातसय पुग्न थालिसकेको छ । जिल्लामा अहिले स्क्रब टाइफस रोगसमेत नेपालमै सबैभन्दा बढी छ । उक्त रोगका कारण छजनाले ज्यान गुमाएका छन् भने चारसय ९४ जना बिरामी परेका छन् ।

टोली नमुना सङ्कलन गरेर फर्कियो

डेङ्गु, मलेरियालगायत कीटजन्य रोगको अनुसन्धानका लागि चितवन आएको विज्ञको अध्ययन टोली नमुना सङ्कलन गरेर तीन दिनपछि फर्किएको छ । अनुसन्धान तथा तालिम केन्द्रका इन्टोमोलोजिस्ट शिशिर पन्तको नेतृत्वमा इन्सेक्ट कलेक्टरसहितको टोली चितवन आएर तीन दिनसम्म अनुसन्धान गरेको थियो ।

चितवनको पटिहानीमा टोलीले भेक्टर सर्भे गरेर लामखुट्टे तथा भुसुनाको नमुना सङ्कलन गरी फर्किएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कीटजन्य रोग सार्ने लामखुट्टे, भुसुना छ कि छैन भनेर अध्ययन गर्न टोली आएको कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताउनुभयो ।

चितवनको पटिहानीमा अघिल्लो आर्थिक वर्षमा डेङ्गु रोगका कारण एकजनाको ज्यान गएको क्षेत्रमा गएर टोलीले सर्भे गरेको हो । मुख्यगरी डेङ्गु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस, कालाजारलगायत रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययनका लागि टोली आएको थियो । प्रयोगशालामा परीक्षण पछि अवस्था थाहा हुने टोलीले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०५:४० मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...