back
CTIZAN AD

डेङ्गुबाट एक बालिकाको मृत्यु, ६५३ मा सङ्क्रमण

वि.सं.२०७३ मंसिर ३ शुक्रवार

786 

shares

३ मङ्सिर,रत्ननगर (चितवन) । चितवनमा डेङ्गु रोगबाट एक बालिकाको ज्यान गएको छ । नेपालमै सबैभन्दा बढी डेङ्गु रोगको सङ्क्रमण देखिएको चितवनमा यो आर्थिक वर्ष लागेपछि डेंगुबाट मृत्यु भएको यो पहिलो हो ।

पूर्वी चितवनको खैरहनी नगरपालिकाकी ११ वर्षीया बालिकाको डेङ्गुका कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा गएको कात्तिक ३० गते मृत्यु भएपनि जनस्वास्थ्य कार्यालय चितवनले मङ्सिर २ गते बिहीबार मात्रै पुष्टि गरेको हो । केसीले दिएको जानकारीअनुसार चितवनको रत्ननगर र खैरहनी क्षेत्रमा यो वर्ष डेङ्गु सङ्क्रमण प्रकोपका रुपमा बढ्दो छ । चितवनमा यो वर्ष गएको भदौ पहिलो सातादेखि डेङ्गु रोगको प्रकोप फैलिएको थियो ।

जनस्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी नरहरि शर्माले अहिलेसम्म डेङ्गुबाट चितवनमा ६ सय ५३ जना बिरामी फेला परेको जानकारी दिनुभयो । केही बिरामी बाहिरी जिल्लाका भए पनि अधिकांश चितवनका छन् । चितवनको पनि रत्ननगरका स्थानीयवासी बढी प्रभावित छन् ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु रोग सर्छ । यो लामखुट्टे कुनै पनि भाँडोमा जमेको सफा पानीमा फुल पार्ने भएकाले यसरी पानी जम्न दिन नहुने चिकित्सक डा भोजराज अधिकारी बताउनुहुन्छ ।

कडा ज्वरो आउने ज्यान दुख्ने, ठाउँठाउँमा बिमिरा देखिने तथा टाउको दुख्ने यसका लक्षण हुन् । डेङ्गुको खास उपचार छैन । लक्षण हेरेर चिकित्सकको निगरानीमा उपचार गराउँदा निको हुन्छ । झोलिलो पदार्थ खाने, आराम गरेर चिकित्सकको निगरानीमा औषधि लिँदा एक साताभित्रमा रोग निको हुने भएपनि लापरबाही गरेर मेडिकलबाट जथाभावी औषधि लिँदा जटिल भएर मानिसको ज्यान जान सक्ने चिकित्सकले बताएका छन् ।

जिल्लामा डेङ्गु फैलिएपछि अहिले सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ भने भदौयता दुईपटक रोग सार्ने लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने अभियान चलाइसकिएको छ । जाडो सुरु भएसँगै सङ्क्रमण दरमा केही न्यूनीकरण आएको तर जोखिम नघटेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । यो रोग लागेपछि मानिसको शरीरमा प्लेटलेटको मात्रा घट्दै जान्छ ।

रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले अहिले डेङ्गु रोग केही मात्रामा घटेको बताउनुभयो । चितवनमा २०६७ सालमा डेङ्गुको महामारी हुँदा सातसय ३९ जनामा सङ्क्रमण भएको थियो भने पाँचजनाको मृत्यु भएको थियो ।

विसं २०६९ सालमा पनि एकजनाको मृत्यु भएको थियो । अहिले पनि सङ्क्रमणदर झन्डै सातसय पुग्न थालिसकेको छ । जिल्लामा अहिले स्क्रब टाइफस रोगसमेत नेपालमै सबैभन्दा बढी छ । उक्त रोगका कारण छजनाले ज्यान गुमाएका छन् भने चारसय ९४ जना बिरामी परेका छन् ।

टोली नमुना सङ्कलन गरेर फर्कियो

डेङ्गु, मलेरियालगायत कीटजन्य रोगको अनुसन्धानका लागि चितवन आएको विज्ञको अध्ययन टोली नमुना सङ्कलन गरेर तीन दिनपछि फर्किएको छ । अनुसन्धान तथा तालिम केन्द्रका इन्टोमोलोजिस्ट शिशिर पन्तको नेतृत्वमा इन्सेक्ट कलेक्टरसहितको टोली चितवन आएर तीन दिनसम्म अनुसन्धान गरेको थियो ।

चितवनको पटिहानीमा टोलीले भेक्टर सर्भे गरेर लामखुट्टे तथा भुसुनाको नमुना सङ्कलन गरी फर्किएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कीटजन्य रोग सार्ने लामखुट्टे, भुसुना छ कि छैन भनेर अध्ययन गर्न टोली आएको कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले बताउनुभयो ।

चितवनको पटिहानीमा अघिल्लो आर्थिक वर्षमा डेङ्गु रोगका कारण एकजनाको ज्यान गएको क्षेत्रमा गएर टोलीले सर्भे गरेको हो । मुख्यगरी डेङ्गु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस, कालाजारलगायत रोग सार्ने लामखुट्टे तथा भुसुनाको अध्ययनका लागि टोली आएको थियो । प्रयोगशालामा परीक्षण पछि अवस्था थाहा हुने टोलीले जनाएको छ । रासस

वि.सं.२०७३ मंसिर ३ शुक्रवार ०५:४० मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...