back
CTIZAN AD

५२ राउटेलाई विरुवा रोप्ने र संरक्षण गर्ने रोजगारी

वि.सं.२०७६ असार १९ बिहीवार

2.5K 

shares

१९ असार, दुल्लु । कर्णालीका विभिन्न जिल्लामा जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदायले रोजगारी पाएका छन् । सामुदायिक वन क्षेत्रको काठ काटेर कलात्मक भाँडाकुँडा बनाएर जीविकोपार्जन गर्दै आएका राउटे समुदायका युवा र महिलालाई दैलेखको गुराँस गाउँपालिकाले रोजगारी प्रदान गरेको हो । ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ अन्तर्गत समुदायका युवा र महिला गरी ५२ जनालाई रोजगारी दिइएको छ ।

कार्यक्रमअन्तर्गत रोजगारी पाएको राउटेलाई नाङ्गो डाँडाहरुमा वृक्षरोपण गर्न लगाइएको छ । उनीहरुले वन संरक्षणको कार्य गर्ने गाउँपालिकाले जनाएको छ । उनीहरुले टिमुर, काउलो लगायतका बिरुवा रोप्नाका साथै वन संरक्षणको कार्य गर्नेछन् । त्यसका लागि गाउँपालिकाले विभिन्न औजारहरुसमेत उपलब्ध गराएको छ । राउटेहरु अब रूख काट्ने र मास्ने मात्र नभई वृक्षरोपण गर्नुपर्छ भन्ने भावना जगाउने गाउँपालिकाले लक्ष्य लिएको छ । उनीहरुलाई काम गरेबापत राष्ट्रिय मापदण्डको आधारमा प्रतिदिन प्रतिव्यक्ति ५१७ रुपैयाँका दरले ज्याला उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गुराँस गाउँपालिकाको स्थायी नागरिकका रुपमा रहेका राउटे समुदायका व्यक्तिहरुको नाम बेरोजगारमा सूचीकृत गरेर रोजगारी दिएको अध्यक्ष ओलीले बताए । गाउँपालिकाभित्र हुने विभिन्न विकास निर्माणका काममा राउटे समुदायलाई पनि समावेश गरेर व्यवस्थित ढङ्गबाट परिचालन गरी कार्यक्रमलाई सफल बनाउने उनको दाबी छ ।

राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेक दैलेखका अध्यक्ष हीरासिंह थापाले राउटे समुदायलाई सबैले वन विनाश गर्छन् भनेर बुझ्ने गरेकामा त्यसलाई सकारात्मक चेतना दिनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत राउटेहरुले वृक्षरोपण गर्ने कार्यमा लागेको बताए । “यसअघि जथाभावी वन विनाश हुन्थ्यो, वातावरणमा नकारात्मक प्रभाव पथ्र्यो, उनीहरुलाई नै वृक्षरोपणको कार्यमा संलग्न लगाएपछि राउटे समुदायलाई पनि वनप्रति अपनत्व जाग्नेछ”, उनले भने । यो कार्यक्रमले राउटे समुदायमा वन विनाश रोक्नुपर्छ र वन संरक्षणमा जागरण ल्याउन मद्दत पुग्ने उनको भनाइ छ ।

कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्र आयआर्जनका कार्यहरु पनि भइरहेको रोजगार संयोजक मोहन पौडेलले बताए । रोजगारी पाएका राउटे युवा मात्र नभई महिलाहरुसमेत वृक्षरोपणको कार्यमा खटिएका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतिनी खोला किनारबाट एक महीनाअघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छीबजारमा उनीहरुले बस्ती सारेका छन् । राउटे समुदायको जनसङ्ख्या १४६ छ । उनीहरु कल्याल, रास्कोटी र राजवंशी ठकुरी रहेका छन् ।

वि.सं.२०७६ असार १९ बिहीवार १७:३३ मा प्रकाशित

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्लाबाटै सेवा निवृत्त कर्मचारीले प्राप्त गरे ई–पेन्सन सेवा

जुम्ला । हिमाली जिल्ला जुम्लामा ई–पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

मध्यपहाडी राजमार्गमा राति सवारी आवागमनमा रोक

रुकुमपूर्व । भारी वर्षाका कारण पहिरो खसेर पुष्पलाल (मध्यपहाडी) राजमार्गका...

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

कर्णाली ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले रिक्त पदाधिकारीको पदपूर्तिका...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली । नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका...