back

ओरालो लाग्यो सेयर बजार, विहिबार ८ अंकले घट्यो

वि.सं.२०७६ असार १९ बिहीवार

582 

shares
GLOBAL IME AD
NTC AD

१९ असार, काठमाण्डौं । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर २७१.४५ बिन्दुमा झरेको छ ।

नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रु ६७ करोड एक लाख ६९ हजार ९२९मा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर ओरालो लागेको छ । बैंकिङ ६.५९, होटल २४, विकास बैंक ४.८१, जलविद्युत् १२.५१, वित्त ३.३५, निर्जीवन बीमा ६२.४५, उत्पादन १.४, अन्य ५.६७, लघुवित्त ७.५, जीवन बीमा ५३.९७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा सिद्धार्थ इक्विटी फण्ड शीर्ष स्थानमा छ । उक्त योजनाको रु पाँच करोड ५२ लाख २२ हजार २४७, प्रभु बैंक रु पाँच करोड ५१ लाख ४३ हजार ७१७, नेपाल बैंक रु चार करोड ७३ लाख २४ हजर ५४२, नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ८८ लाख तीन हजार ३९४, मेगा बैंक रु तीन करोड १६ लाख ६१ हजार ५६४, प्रिमियर इन्स्योरेन्स रु तीन करोड १२ लाख दुई हजार ६५३ र सिभिल बैंक रु दुई करोड ७३ लाख २१ हजार ३६८ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । समिट लघुवित्त वित्तीय संस्था ९.९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.७६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६.४९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ४.२१ र सिटीएक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले ४.०८ प्रतिशतले कमाए ।

त्यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६.५५, प्रुडेन्टियल इस्योरेन्स ५.६१, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४.१६, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.८१, वेस्ट फाइनान्स कम्पनी ३.८० र सानिमा इक्विटी फण्डका लगानीकर्ताले ३.७९ प्रतिशतले गुमाए ।

वि.सं.२०७६ असार १९ बिहीवार १७:४६ मा प्रकाशित

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

समसामयिक विषयमा सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद भगवती न्यौपानेले तनहुँमा रहेका...

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

विश्वविद्यालयहरुमा प्रधानमन्त्री कुलपति हुँदाका लाभहानी

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएपछि २०८० फागुन...

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

बालिकालाई वेश्यावृत्तिमा लगाउने काममा संलग्न एकजना पक्राउ

काठमाडौँ । बालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा सङ्लग्न रहेको अभियोगमा काठमाडौँ...

एकीकृत समाजवादीद्वारा बैठक आह्वान

एकीकृत समाजवादीद्वारा बैठक आह्वान

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समाजवादी अभियानका नीति...

झन्डै १२ वर्षदेखि परीक्षण गरिएका मकैका पाँच जात सिफारिस गर्ने तयारी

झन्डै १२ वर्षदेखि परीक्षण गरिएका मकैका पाँच जात सिफारिस गर्ने तयारी

चितवन । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले यहाँ विकास...

कटहरका रुख सुक्न थालेपछि चिन्तामा किसान

कटहरका रुख सुक्न थालेपछि चिन्तामा किसान

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित...