back
CTIZAN AD

कविता-मोह

वि.सं.२०७६ असार २१ शनिवार

1.7K 

shares

साँच्चै तिम्रो अगाडी
ऊ यति धेरै प्रिय छ
किन हो खै ?
उसको मुस्कान यति सुन्दर छ
रुपमा
गुणमा
समग्र मेरो सामथ्र्य छैन
बयान फितलो हुन्छ ।

उसको
रुपको मोहमा
उसको
गुणको मोहमा
मोहित म
समर्पण गर्न चाहन्छु
मेरो हृदयको कोपिलामात्र होइन
आँखाभरि फक्रिएको फूलको सुवास
सुस्त हावाको स्पर्श
निलो गगन
निलो सागरमा नछचल्किएको गहिराइ
र गोधुंलीको क्षितिज ।

एकोहोरो अटाएर
सुम्पन चाहन्छु उसलाई
सदाबहार हृदयको फूलवारी ।

हो !
छाती फोडेर
पीडा थपेर छोडेपनि
घाउहरुमा नुनचुक छरेर
ऐँजेरु रोपेर गएपनि
म खपेरनै सहन्छु
तिम्रो मोहपासको बन्धन
जतिसुकै कठिन भएर बाँधियोस्
श्रद्धा अतुल्य छ
अमुल्य छ ।

प्रियघाम
अँध्यारा खोंचहरूमा पनि
तिम्रो आभा छरेर
जीवनको अन्तिम कालखण्डसम्म
त्यसरी नै मुस्कान छरेर
हाँसीखुशी राखिदेउ है उसलाई ।

उसको अनुहारको सगरमाथा
कहिल्यै कालो नहोस् ।।

वि.सं.२०७६ असार २१ शनिवार ०७:५९ मा प्रकाशित

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ,साम्ची,भुटान जगत्मा उच्च मान आमा तिमी हौ...

गजल

गजल

जेवी जिज्ञासु नेचासल्यान - २, सोलुखुम्बु रातजस्तै कालो बिहानी छ...

सुसेली : आमाकाे सम्झना

सुसेली : आमाकाे सम्झना

विश्र्वनाथ ढुङ्गेल " नून वाजे ",भक्तपुर  कसरी भिराैँ मैले गुन...

झिल्का कविता

झिल्का कविता

वसन्त अनुभव,वसन्तविहार, घोराही, दाङ १. जस्तो रोप्दछौँ उस्तै हामीले यस...

गजल

गजल

शर्मिला तिमल्सिना, गजुरी , धादिङ हात फिँजाई भन्नु छ केही...

गजल

गजल

कृष्णप्रसाद गौतम,इटहरी बाग पसेथेँ मन बहलायो फूल चुमेथेँ मन बहलायो...