back
CTIZAN AD

पहिरोका कारण बूढीगङ्गा नदी थुनिने सम्भावना

वि.सं.२०७६ असार २३ सोमवार

987 

shares

२३ असार, बाजुरा । जिल्लाको ठूलो नदी बूढीगङ्गा थुनिने सम्भावना छ ।
बूढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको बीच भएर बग्ने सो नदी त्रिवेणी नगरपालिका–९ पैंमाबाट खसेको पहिरोका कारण नदी थुनिने सम्भावना बढेको हो । उक्त नदी अघिल्लो वर्ष पनि सात दिनसम्म थुनिएको थियो ।

१० दिनदेखि पैंमाबाट पहिरो निरन्तर खसिरहेकाले नदी थुनिने अवस्थामा पुगेको त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावललेबताए । वर्षा भइरहेका कारण पहिरो नियमित बग्न थालेको छ । नदी थुनिनसक्ने भएकाले गृह मन्त्रालयमा यसबारे जानकारी दिइसकिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए ।

उक्त नगरपालिकाको पहाडबाट खसेको पहिरोले पानीको बहाबलाई रोकेर बूढीगङ्गा नगरपालिकाको पहाडको छेउबाट पानी बग्न थालेकाले विस्तारै पानी थुनिने सम्भावना देखिएको उनको भनाइ थियो । हामीले सबैतिर खबर गरेका छौँ, सङ्घीय सरकारले पूर्वसूचना प्रणाली राख्न र दिगो व्यवस्थापनका लागि केही पहल शुरु गरेको प्रजिअ न्यौपानेले जानकारी दिए । उनका अनुसार तत्कालका लागि भने सचेत हुन सूचना गर्नुबाहेक अरु प्रक्रिया अघि बढाउन सकिएको छैन ।

चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारले नदी नियन्त्रण तथा व्यवस्थापनका लागि रू एक करोड बजेट विनियोजन गरेको थियो । नदी थुनिएसँगै साँफे मार्तडी सडकखण्ड पूर्णरुपमा क्षति हुने अनुमान त्यहाँका बासिन्दाले गरेका छन् ।

पहिरोले पैंमाको बस्तीसमेत जोखिममा पारेको छ भने नदी थुनिएमा बूढीगङ्गा नगरपालिका–१ अम्कोट र बल्देको बस्ती सार्नुपर्ने स्थानीयवासी नवराज पाध्यायले बताए । नदी बग्ने बाटो साँघुरिँदै गएको र जतिबेला पनि नदी थुनिन सक्ने भएकाले सेना र प्रहरीलाई तयारीमा अवस्थामा राख्नका साथै स्थानीयवासीलाई समेत सचेत गराइएको जिल्ला प्रशासनले जनाएको छ ।

नदी थुनिए नजिकै रहेको खेतीयोग्य जमीन, झोलुङ्गे पुल र साँफे मार्तडी सडकखण्डमा समेत असर पर्ने जनाइएको छ । नदी थुनिने खतरासँगै छिमेकी जिल्ला अछामको बुढाबगर, साँफेबगरमा पनि उच्च सर्तकता अपनाइएकाले त्यहाँका बासिन्दा पनि त्रास बनेको साँफेबाट तपेन्द्र कुँवरले जानकरी दिए।

वि.सं.२०७६ असार २३ सोमवार १४:४८ मा प्रकाशित

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

४२ वटा कानुन खारेज तथा संशोधन हूँदै : अर्थमन्त्री डा स्वर्णिम वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले लगानीमैत्री वातावरण निर्माण गर्न...

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

नारायणगढ–मुग्लिन सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म यातायात सेवा बन्द

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको...

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

नारायणी अस्पतालको समस्या समाधान सर्वदलीय बैठकबाट खोज्नअपिल

वीरगञ्ज । विभिन्न राजनीतिक दलको सर्वदलीय बैठकले नारायणी अस्पतालमा भएको...

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम । भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्...

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठकाे निधन, बुधबार अन्त्येष्टि गरिने

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमन्त्री गोपालमान श्रेष्ठको...

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...