back
CTIZAN AD

बेनी–जोमसोम–कोरला सडकको बेलिब्रिज भत्कने अवस्थामा

वि.सं.२०७६ असार २४ मंगलवार

1.2K 

shares

२४ असार, गलेश्वर । बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत बेनी नगरपालिका–९ गलेश्वरको राहुघाट नदीमाथि निर्माण गरिएको बेलिब्रिज भत्कने अवस्थामा पुगेको छ ।

आइतबार राति रघुगङ्गा नदीमा पानीको सतह बढेर गलेश्वरतर्फ कटान गर्न थालेपछि पक्की पुल भत्कने अवस्थामा पुगेको हो । नदीको बहाव परिवर्तन भएपछि गलेश्वर बजारको केही भागसमेत खतरामा परेको छ ।

निर्माणाधीन कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डका अधिकांश पुल जोखिमयुक्त छन् । यो क्षेत्रमा कालीगण्डकी करिडोर निर्माणको काम भइरहेको छ । गलेश्वरको बेलिब्रिज खतरामा रहेकाले निर्माणाधीन अर्को बेलिब्रिज छिटो निर्माण गर्न बारम्बार दवाव दिँदै आएको तर पुल निर्माणको ठेक्का लिएको शर्मा युनाइटेड विल्डर्स जेभी काठमाडौँ ले सुनेको नसुन्यै गरेको स्थानीय बासिन्दाले बताएका छन् ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले गलेश्वरको बेलिब्रिज उच्च जोखिममा रहेकाले कुनै पनि बेला बेनी–जोमसोम सडकखण्ड अवरुद्ध हुने अवस्थामा रहेको बताए । उनले आयोजना प्रमुखलाई तत्काल संरक्षणको काम थाल्न निर्देशन दिएको पनि जानकारी दिए ।

गलेश्वरको बस्ती र पुल जोगाउन तत्काल तटबन्ध गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन् । “तत्काल नदी कटान नरोक्ने हो भने पुल भत्केर मुस्ताङलगायत उत्तरी म्याग्दीको यातायात सम्पर्क ठप्प हुन्छ” स्थानीयवासी मोहन केसीले भने।

वि.सं.२०७६ असार २४ मंगलवार १२:२५ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी । एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा...

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दीका किसानलाई  अनुदान बितरण गर्न तीन करोड बिनियोजन 

म्याग्दी । गण्डकी प्रदेश सरकारले म्याग्दीमा फलफूल, तरकारी, आलु र...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

दमौली (तनहुँ) । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...