Logo
१७ चैत्र २०७९, शुक्रबार
     Fri Mar 31 2023
E-paper
  English Edition
   Unicode
Logo

कम्पनी ऐन संशोधन विधेयक प्रस्तुत



३ मङ्सिर,काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा कम्पनी ऐन (पहिलो संशोधन) विधेयक, २०७३ प्रस्तुत भएको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले उक्त विधेयक प्रस्तुत गर्दै जनताले घरमै बसेर बिद्युतीय माध्यमबाट पनि उद्योग दर्ता गर्न मिल्ने तथा विदेशी लगानीलाई आकर्षित गर्ने प्रावधान विधेयकमा भएको जानकारी दिनुभयो ।

उहाँले विकसित मुलुकको उदाहरण हेर्दा आर्थिक समृद्धिका लागि विदेशी लगानी आवश्यक रहेको बताउँदै उहाँले विदेशी लगानीको माध्यमबाट स्वदेशमा रोजगारी बढ्ने अपेक्षा गर्नुभयो ।

विधेयक प्रस्तुत गर्ने प्रस्तावको विरोध गर्दै नेपाल मजदुर किसान पार्टीका अनुराधा थापा मगरले सो ऐनले विदेशी प्रभुत्व बढ्ने र सरकारको जिम्मेवारी कम हुँदै जाने बताउनुभयो । उहाँको सो विरोधको सूचना बैठकले अस्वीकृत गरेको थियो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । शुक्रबार

लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग

काठमाडौं । स्किल सेवा प्रालिले घर निर्माण सम्बन्धी निःशुल्क प्राविधिक परामर्श दिने भएको छ