back
CTIZAN AD

छोराद्वारा लखेट्दै लखेट्दै आमाको हत्या

वि.सं.२०७६ असार २५ बुधवार

732 

shares

पर्सा, २५ असार । आफ्नै छोराले आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको छ । वीरगञ्ज महानगरपालिका–२४ रामगढवा नयाँबस्तीका २० वर्षीय गुड्डु यादवले ४० वर्षीया आमा शोभादेवीको धारिलो हतियार प्रहार गरी मंगलबार हत्या गरेको हो ।

घरमा रहेको भैँसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैँसी बिक्री गरेको भनेपछि विवाद हुँदा आक्रोशित छोरा गुड्डुले आमालाई घरमा रहेको धारिलो हतियार प्रहार गर्न थालेपछि ज्यान जोगाउन भाग्ने क्रममा लखेट्दै गएका छोराले घरबाट करीब चार सय मिटर पर पुगेपछि शोभादेवीको घाँटीमा धारिलो हतियार प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयवासी र परिवारका सदस्यले गुड्डुलाई रोक्न नसक्दा शोभामाथि हतियार प्रहार गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त गुड्डुलाई घटनास्थलबाटै प्रहरीले पक्राउ गरेको छ । शवपरीक्षणका लागि नारायणी अस्पतालमा राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । (रासस)

वि.सं.२०७६ असार २५ बुधवार ०७:४० मा प्रकाशित

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै

काठमाडौँ  ।  प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा ट्रकको ठक्करबाट...

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

संघीयता सुदृढीकरणमा प्रधानमन्त्री सक्रिय, मुख्यमन्त्रीहरूसँग सहकार्यबारे छलफल

काठमाडाैँ ।  गत निर्वाचनको प्रचार प्रसारको क्रममा जनकपुरमा आयोजित आमसभामा...