
लडाँई सकिएपछि एक सिपाहीले
क्याप्टेनसँग
भन्यो – सर मेरो साथी युद्ध
मैदानमा छट्पटिरहेको छ
म उसलाई लिन जान्छु ।
क्याप्टेन – के लिन जान्छस् छोड्दे
यति बेलासम्म त्यो मरिसक्यो ।
क्याप्टेनको कुरा नसुनी ऊ
साथी भएतिर जान्छ र
केही समयपछि उक्त
साथीको लास लिएर आउँछ ।
तब क्याप्टेनले भनेछन्- मैले भनेको थिएँ ऊ
मरिसक्यो भनेर ।
सिपाही भन्छ – सर जब म
त्यहाँ पुगेँ, तब ऊसँग अन्तिम
ढुकढुकी मात्र बाकी थियो
तब साथीले मुस्कुराउँदै भन्यो ‘साले, मलाई
थाहा थियो, तँ जरूर
आउनेछस्’ यति भनेर मलाई
अँगालो हाल्यो अनि प्राण त्याग्यो ।
सर, मैले मेरो साथीलाई बचाउन सकिनँ तर
मैले साथीलाई उसको अन्तिम
घडीमा आफ्नो न्यानो अँगालो दिन
पाएँ अन्तिम पल
त्योमाथि यो बिरानो ठाउँमा उसको पनि आफ्नो
भन्ने भावना दिलाउन पाएँ
साथीको विश्वास दिलाउन पाएँ
अन्तिम साससम्म साथ दिन पाएँ ।
यही नै हो सर साथी भनेको, दुःख सुखमा साथ
दिनु नै मित्रता हो ।
साथी चाहे स्कुलको होस्
या घऱको, टोलको होस या लडाइँ मैदानको होस्
साथी भनेको साथी हो, जसको साथबाट
एक्लोपन टाढा भाग्छ, अनि खुसीको पल
साथमा हुन्छ,
त्यही हो साथी ।