back
CTIZAN AD

कहिल्यै पुरानाे नहुने यो एउटा कथा

वि.सं.२०७६ असार २५ बुधवार

1K 

shares

लडाँई सकिएपछि एक सिपाहीले
क्याप्टेनसँग
भन्यो – सर मेरो साथी युद्ध
मैदानमा छट्पटिरहेको छ
म उसलाई लिन जान्छु ।
क्याप्टेन – के लिन जान्छस् छोड्दे
यति बेलासम्म त्यो मरिसक्यो ।
क्याप्टेनको कुरा नसुनी ऊ
साथी भएतिर जान्छ र
केही समयपछि उक्त
साथीको लास लिएर आउँछ ।
तब क्याप्टेनले भनेछन्- मैले भनेको थिएँ ऊ
मरिसक्यो भनेर ।
सिपाही भन्छ – सर जब म
त्यहाँ पुगेँ, तब ऊसँग अन्तिम
ढुकढुकी मात्र बाकी थियो
तब साथीले मुस्कुराउँदै भन्यो ‘साले, मलाई
थाहा थियो, तँ जरूर
आउनेछस्’ यति भनेर मलाई
अँगालो हाल्यो अनि प्राण त्याग्यो ।
सर, मैले मेरो साथीलाई बचाउन सकिनँ तर
मैले साथीलाई उसको अन्तिम
घडीमा आफ्नो न्यानो अँगालो दिन
पाएँ अन्तिम पल
त्योमाथि यो बिरानो ठाउँमा उसको पनि आफ्नो
भन्ने भावना दिलाउन पाएँ
साथीको विश्वास दिलाउन पाएँ
अन्तिम साससम्म साथ दिन पाएँ ।
यही नै हो सर साथी भनेको, दुःख सुखमा साथ
दिनु नै मित्रता हो ।
साथी चाहे स्कुलको होस्
या घऱको, टोलको होस या लडाइँ मैदानको होस्
साथी भनेको साथी हो, जसको साथबाट
एक्लोपन टाढा भाग्छ, अनि खुसीको पल
साथमा हुन्छ,
त्यही हो साथी ।

वि.सं.२०७६ असार २५ बुधवार ११:४६ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...

कविता : आमा तिमी इश्वर

कविता : आमा तिमी इश्वर

अलख निरन्जन लोहार टीकापुर , कैलाली हाल : भारत आमा...

चारु

चारु

डा. ठाकुर माेहन श्रेष्ठ,काठमाडौँ झुटो आरोप नलगाऊनु हतारमा पत्याउनेको कमी...

झिल्का कविताहरू

झिल्का कविताहरू

बाबुराम गौतम, गुल्मी १. सपना नछोड्नू कहिल्यै ताकेको लक्ष्य छुट्नसक्छ...